खुसीको खबर ! कतारमै रहेका र कतार जान चाहने नेपालीहरुको लागि !

Rochak

काठमाडौं : तपाई प्रहरीमा भर्ती हुन चाहीरहनुभएको छ र अवसर पाइरहनुभउको छैन भने तपाईका लागि खुशकिो खबर छ । त्यो पनि कतार प्रहरीमा ।

अब निजी क्षेत्रमार्फत अब वैधानिक रूपमै नेपालीहरू कतार प्रहरीमा भर्ना हुन जान पाइने भएको छ ।.श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार प्रहरीको भर्ना प्रक्रियामा निजी क्षेत्रको संलग्नतालाई स्वीकार गरेसँगै कतार प्रहरीमा भर्ना हुन पाइने भएको हो ।

श्रम मन्त्रालयका अनुसार कतार नेपाली श्रमिकहरूको सबैभन्दा रोजाइमा पर्ने मुलुकमध्ये एकमा पर्छ। कतारले करिब १० हजार नेपाली नागरिकलाई आफ्नो प्रहरीमा भर्ना गर्न चाहेको विवरणका समाचार सार्वजनिक गरेको केही समयपछि आएको यो निर्णयले नेपालीहरुका लागि राम्रो अवसर सिर्जना गरेको छ ।

नेपालमा वैदेशिक रोजगारीका नाममा विदेश पठाउन भन्द्यै सक्रिय कतिपय म्यानपावर कम्पनीहरूले स्वीकृति नलिइकन आफूखुसी रकम उठाएर बदमासी गरेको भन्दै वैदेशिक

रोजगार विभागले केही म्यानपावर कम्पनीमा हस्तक्षेप गरेपछि आएको यो निर्णयले धेरै नेपालीलाई राहात मिलेको छ । विभागले चैतमा सूचना नै प्रकाशित गरेर कतार प्रहरीमा भर्ना गरिदिने बहानामा ठगी हुनसक्ने भन्दै सचेत हुन सबैलाई आग्रह गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *