दक्षिण कोरिया र चीनमा समेत नियमित हवाई उडान तालिका तय ।

समाचार

काठमाडौं : कासरकारले नियमित उडान खोलेका दक्षिण कोरिया र चीनमा समेत उडान तय भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि यी दुई मुलुकमा

एयरलाइन्सहरुले अनुमति नमागेका कारण तालिका निकालेको थिएन । प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तालिका अनुसार दक्षिण कोरियामा प्रत्येक बुधबार एक उडान हुने छ ।

यो उडानको अनुमति कोरियन एयरले पाएको हो । चीनमा भने चेन्दु र ग्वाङझाउमा उडान हुने भएको छ । छेन्दुबाट एयर चाइनाको जहाज हरेक आइतबार काठमाडौं आउने भएको छ ।

चाइना साउदर्नले ग्वाङझाउमा प्रत्येक साताको मंगलबार उडान गर्ने अनुमति पाएको छ । यससँगै अब नेपालमा प्रत्येक साता २४ उडान हुने भएको छ ।

यो तालिका जुलाई महिनाभरका लागि हो । सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेवीया, कुवेत, जापान, ओमान, दक्षिण कोरिया र चीनमा नियमित उडान खोलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *