जहाज कुर्दाकुर्दै बिदेशमै अस्ताए महरा !

समाचार

दोहा : रोजगारीको सिलसिला साउदी अरबमा पुगेका एक नेपाली श्रमिकको मृत्यु भएको छ । साउदीको रियादस्थित अल हाईडेर कम्पनीमा कार्यरत सिरहा कल्याणपुर नगरपालिका-४

डरौलका ४८ बर्षीय बिन्देश्वर महराको मृत्यु भएको हो ।
विगत १६ वर्ष देखि त्यहाँ कार्यरत रहेका महरा साउदीको बसाइ बिट मारेर घर फर्किने तयारीमा रहेका बेला एक्कासी

मृत्युको खबर आएको मृतकका ज्वाइँ सञ्जयले जानकारी दिए । उनलाई उच्च रक्तचापकाको कारण कम्पनीले एक साताअघि साउदीको एक अस्पताल भर्ना गरेको थियो ।

कम्पनीले स्वास्थ्यमा क्रमिक सुधार भैरहेको बताइरहेको बेला
एक्कासी मृत्युको खबर आएपछि परिवार विक्षिप्त भएको उनले बताए । मृतक महरा गत वैशाखमै स्वदेश फर्किने तयारीमा

रहे पनि कोरोना संक्रमणका कारण नेपाल सरकारले हवाई उडानमा प्रतिबन्ध लगाएपछि साउदीमै रोकिएका थिए । मृतकका श्रीमती, ३ छोरी र १ छोरा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *