सोमबार देखी काठमाडौं उपत्यकामा लागू हुने भयो यस्तो खुसीको निर्णय।जनतालाई मिल्ने भयो नसोचेको राहत

समाचार

सोमबार देखी काठमाडौं उपत्यकामा लागू हुने भयो यस्तो खुसीको निर्णय।जनतालाई मिल्ने भयो नसोचेको राहत

सोमबार देखी काठमाडौं उपत्यकामा लागू हुने भयो यस्तो खुसीको निर्णय।जनतालाई मिल्ने भयो नसोचेको राहत
काठमाडौ । यातायाता व्यावसायीहरुले सोमवारवाट आफै निर्णय गरेर सबै प्रकारका सार्वजनिक सवारी साधन चलाउने भएका छन् । प्रशासनलाई सोमबारबाट सबै खालका गाडि चलाउने जानकारी यातायात ब्यवसायीले दिएका छन् । उपत्यकाका जिल्ला प्रशासन कार्यालयले २५ सिट क्षमता भन्दा माथिका सवारी साधन मात्र चलाउने अनुमति दिएपछि ब्यवसायीहरु सो निर्णय विरुद्ध उत्रिएका हुन् । व्यावसायीहरुले बिहीबार काठमाडौंका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई भेटेर प्रशासनको निर्देशन नमान्ने चेतावनी दिएका छन् । आफुहरुको माग सुनुवाई नभए सोमवारवाट आफै गाडी चलाउने चेतावनी दिएका छन् ।
छलफलका क्रममा उनीहरुले आइतबारसम्म पर्खने र कुनै सुनुवाई नभए निर्देशन अवज्ञा गरेरै भएपनि सबै खालका गाडी चलाउने उनीहरुले बताएका हुन् । जोर बिजोर पद्धतिलाई वास्ता नगरी महामारीको अवस्था हेरेर सोमबारबाट सबै सवारी संचालन गर्ने उनीहरुको भनाइ छ ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *