बाढीले पुरियो एम्बुलेन्स, बिरामीको मृत्यु, चालक घाइते

समाचार

काठमाडौ । विरामी लिएर अस्पताल जाँदै गरेको एम्बुलेन्स बाढीले पुरीदा बिरामीको मृत्यु भएको भने चालक घाइते भएका छन् । कास्कीको पसगाउँ स्वास्थ्य चौकीको एम्बुलेन्स बाढीमा पुरिएको हो । बाढीमा ग१झ ४४८ नम्बरको एम्बुलेन्स पुरिँदा त्यसमा रहेका बिरामीको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

मादी गाउँपालिका वडा नं। ९ मुग्रीबेशीबाट बिरामी लिएर थुम्सीकोट आउने क्रममा खहरे खोलामा एक्कासि बाढी आएर एम्बुलेन्स पुरिएको हो । एम्बुलेन्स पुरिँदा बिरामी ८१ वर्षकी गोमा अधिकारीको मृत्यु भएको छ । माथिबाट बाढी आएपछि भाग्ने क्रममा एम्बुलेन्स चालक सुवास अधिकारीलाई बगाएको थियो ।

उनलाई स्थानियले उद्धार गरेर अस्पताल लगेका थिए । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अनुसार जेसिवीको सहायताले बाढीबाट एम्बुलेन्स निकालिएको र पोखरा ल्याउने तयारी भइरहेको छ । एम्बुलेन्सका सहचालक भने सकुशल छन् । सांकेतिक तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *