१४ वर्षीया किशोरीदेखि ६० वर्षीया महिलासमेतलाई यस्तो सम्म गर्थे तामाङले, पक्राउ परेपछि यति धेरै महिला पुगे प्रहरी कार्यालयमा

Rochak

काठमाडौ । बाटो हिँड्दै गरेका दर्जनौ महिला तथा किशोरीहरुलाई अ भद्र व्यवहार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ। रामेछापको सुनापति गाउँपालिका–५ रुपाकोट घर भई चाँगुनारायण नगरपालिका–६ भत्केकोपाटी बस्ने ३६ वर्षीय चमार सिं तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तामाङले गत पुसदेखि यता दर्जनौँ महिला तथा किशोरीहरुलाई दु व्र् य वहार गरेको प्रहरीको आरोप छ। तामाङले १४ वर्षीया किशोरीदेखि ६० वर्षीया महिलासमेतलाई दु व्र् य वहार गरेको खुल्न आएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। ‘गत पुसदेखि यस्ता उजुरी आएपछि धेरै प्रयास गरेका थियौँ, अहिले आएर पक्राउ गर्न सफल भयौँ’, उनले भने।

अनुसन्धानका क्रममा तामाङले गत पुसदेखि बिहान उज्यालो नहुँदै र साँझ अँध्यारो भएपछि मोटरसाइकलमा सवार भई एकान्तस्थानमा पैदल हिँडिरहेकी महिला तथा किशोरहिरुको संवेदनशील अ ङ्ग मा समाउने र छा ती लगायतका अ ङ्ग मा हि र्का एर भा ग्ने गरेको खुल्न आएको थापाले बताए।

तामाङलाई पक्राउ गरेको खबरले एक दर्जनभन्दा बढी पी डित महिला बुधवार प्रहरीको सम्पर्कमा पुगेका थिए। त्यसमध्ये छ जनाले किटानी जा हे रीसमेत दिएका छन्। तामाङलाई अ भद्र व्यवहार मु द्दामा जिल्ला प्रशासन कार्यालयमा पेश गरिएको छ। प्रमुख जिल्ला अधिकारीबाट सात दिनको म्याद थप गरेर उनीमाथि कारबाही थालिएको प्रहरीले जनाएको छ। फाइल तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *