पुजा भन्छिन्, ‘आकासले मेरो चित्त दु:खाए, मेरो दुस्मनहरुसंग हात मिलाउन गए’ (भिडियो सहित)

समाचार

नायीका पुजा शर्माले नायक आकाश श्रेष्ठको ब्यवहारले आफुलाई निकै चित्त दुखेको बताएकी छन् । आफुलाई हरेक पटक दु ब्र्य वहार गरेका चलचित्र पत्रकार प्रकाश सुवेदीसंग मिलेर आकास मेलम्चीका बाढी पीडितहरुका लागि राहत दिन पुगेका थिए । आकास र पुजाको फ्यानहरुले बनाईदिएको उनीहरुको जोडीको नाम छ । जसलाई पुआ जोडी भनिन्छ । आकासले पुजाले आफ्नो विरोधी मान्ने प्रकाशसंग हात मात्र मिलाएनन् आफ्नो कुनै समुह समेत नभएको बताए ।
**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

पुजाले प्रकाशसंग मिलेर आकास राहतका लागि गएको कुरा आफुले सामाजिक सञ्जालमा फोटो हेरेर थाहा पाएको बताइन् । ऋषी धमलाको टेलिभिजन कार्यक्रममा अन्तरवार्ताका लागि पुगेकी पुजाले आकासलाई प्रकाशको कार्यक्रममा गएको थाहा पाएर आफु स्तब्ध भएको बताइन् । म भएको भए एक पटक आफ्नो मिल्ने साथीलाई त्यसरी अपमानित गरेको मान्छेले बोलाउँदा फोन गरेर सोध्थे हुँला, तर आकासले त्यसो गरेनन्, पुजाले भनिन्, पुजासंग पो सम्बन्ध विग्रिएको मलाई त के गरेका छन् र ? भन्ने आकासलाई लाग्यो होला त्यही भएर गए ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

पुजा पनि सिन्धुपाल्चोका बाढी पीडितका लागि सहयोग लिएर गएकी थिइन् । हुन त उनका निकै मिल्ने साथी तथा नायक आकाश श्रेष्ठ पनि सिन्धुपाल्चोक सहयोग गर्न पुगेका थिए । तर उनीहरु संगै भने गएनन् । पुजा शर्माका बारेमा अनेक कुरा बाहिर ल्याएर आलोचना गर्ने पत्रकार प्रकाश सुवेदीको अभियानमा सहभागी भएर आकास सहयोगका लागि पुगेका थिए । आकास इकुले संचालन गरेको असहाय बालकालिकाको आश्रय स्थलमा पनि सहयोग लिएर प्रकाससंगै पुगेका थिए ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

प्रकास सुवेदी उनै चलचित्र पत्रकार हुन् जसले पुजालाई दाह्रा निस्केकी नायीका भनेर टेलिभिजन कार्यक्रममै आलोचना गरेका थिए । कार्यक्रममा अन्तरवार्ताका लागि बोलाउँदा नआएको भनेर प्रकाशले त्यस्तो टिप्पणी गरेका थिए । त्यो भन्दा पहिला प्रकाशकै कार्यक्रममा सहभागी हुन पुगेकी पुजालाई राजनीतिक प्रश्न सोधेर विवादित बनाएका थिए ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *