सिस्नोको सागको तरकारी खानामा मिसाउने गर्नुहोस,यस्ता रोगले छुन सक्दैन

स्वास्थ्य जीवनशैली

काठमाडौँ-छुदा पोल्ने र देख्दा पनि कडा जस्तो सिस्नोका बिभिन्न फाईदाहरु छन । सिस्नोमा फलाम ९आइरन०, पोटासियम, क्याल्सियम, भिटामिन ए, सी र डी जस्ता पौष्टिक तत्व प्रचुर मात्रामा पाइन्छ । यद्यपि, चेतनाको अभावका कारण गाउँघरमा अधिकांशले सिस्नो खाँदैनन् ।सिस्नो तरकालिको रुपमा पनि पकाइन्छ यसबाट बिभिन्न किसिमका फलाम पाइन्छ । यसले महिलामा हुने रक्तअल्पता र कमजोरी हुनबाट जोगाउँछ र कपाल झर्ने समस्या, डन्डिफोर, दादलगायत छालाका रोग निर्मूल पार्नसमेत सिस्नोको महत्व रहेको छ ।यसले पाचन प्रणालि पनि मजबुत बनाउन उतिकै महत्व गरेको हुन्छ । यसले क्षयीकरण हुनबाट बचाउनुका साथै नयाँ कोष निर्माणमा भुमिका निर्वाह गर्छ ।

यो पनि:हाम्रो भान्सामा हरेक परिकार तयार गर्नको लागि आवश्यक पर्छ जीरा। यसको तिखो स्वाद र सुगन्धको कारण यो धेरै समस्याको लागि औषधीय गुण प्रदान गर्छ। जीरा सबैभन्दा प्रभावकारी हुन्छ वजन कम गर्नको लागि। जीरा पानी पिउनु वजन घटाउनको लागि अत्यन्त प्रभावकारी मानिन्छ। तर के तपाईंलाई थाहा छ कि धेरै जीरा पानीको सेवन स्वास्थ्यको लागि हानिकारक पनि हुनसक्छ।

जीरा पानीको सेवनले ग्यासको समस्याबाट छुटकारा पाउन सकिन्छ तर धेरै जीरा पानी सेवन गर्यो भने हृदयमा जलनको समस्या निम्त्याउँन सक्छ।गर्भवती महिलाले जीराको धेरै सेवन गर्नु हानिकरक साबित हुनसक्छ। यसको धेरै सेवनले समय भन्दा पहिला डेलिभरी तथा गर्भपातको खतरा बढ्छ।जीराको ज्यादा सेवनले एलर्जी तथा अनुहारमा दाग-धब्बा पनि आउन सक्छ।महिनावारीको समयमा जीराको ज्यादा सेवन गर्दा धेरै रगत बग्ने समस्या देखा पर्न सक्छ।जीराको लामो समयसम्म वा ज्यादा सेवान गर्दा मिर्गौला सम्बन्धि समस्या पनि आउनसक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *