ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति ?

Uncategorized


काठमाडौं – बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार तोलामा ६ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला ९० हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९० हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको १ हजार ३ सय १० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *