पहिरोले घर पु’रिँदा दुई जनाको ज्या’न गयो, पाँच जना घाइ’ते

समाचार

तनहुँ – पहिरोका कारण तनहुँ बन्दीपुरका दुई घरमा पहिरो जाँदा दुई जनाको ज्या’न गएको छ । पाँच जना घा’इते भएका छन् ।पहिरोमा परि बन्दीपुर–३ तामुङका सरस्वती थापा र हरिमाया नेपालीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

घ’टनास्थलमा गाउँलेले उ’द्धार गरेर घाइ’तेलाई उपचारका लागि अस्पताल ल्याउने प्रयास भइरहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयो । ‘सडक भत्किएकाले घटनास्थलमा पुग्न अहिले कठिनाइ भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘सशस्त्र प्रहरीको टोली घ’टनास्थल जाँदैछ।’ घाइतेमध्ये एक जनालाई अस्पताल लगिएको र अन्यलाई अस्पताल लैजाने तयारी भइरहेको छ ।(फाइल तस्बिर)

यो पनि समाचार: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका लागि आजको दिन खुसी र पीडा संगै लिएर आउँछ । किनकी ४० वर्ष पहिला आजकै दिन उनीहरुको जिवनमा खुसी आएको दिन थियो । सीताले छोराका रुपमा प्रकाश दाहाललाई जन्मदिएकी थिइन् । तर आज उनी यो संसारमा छैनन् । आजको दिन सम्झँदा पक्कै पनि उनीहरुको मनमा आज भने पीडाको अनुभव हुन्छ ।

प्रकाशको जन्मदिनमा उनकी पत्नी बिना मगरले एक भावुक स्टाटस लेखेकी छन् । छोराले प्रकाशलाई श्रद्धाञ्जली स्वरुप पुष्प चढाउँदै गरेको तस्बिर सार्वजनिक गर्दै उनले निकै भावुक शब्द लेखेकी छन्, बिनाले लेखेको स्टटास यस्तो छ प्रिय प्रकाश, तिम्रो जन्मदिन मेरो निम्ति सधै गह्रौं पहाड बनेर आउँछ। संगै साचेको खुसिको प्याला आज मुटु जलाई जान्छ।

चौतर्फी प्रहार अनि चुनौतीमाझ संगालेको खुसी लिई मुस्कुराउन नपाई पोखिएको देख्दा मन भक्कानिएर आउँछ। तिम्रो सपना मेरा लागि सधैं अविस्मरणीय र चीरस्थायी हुनेछ।

मेरो जीवन तिम्रो सपनाकै निम्ति खर्चनेछु।तिमीसँगको हरेक पल मेरो जीवनको प्रेरणा हुनेछ, हार्दिक श्रद्धासुमन प्रकाश १ प्रकाश दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सीता दाहालका एकमात्र छोरा थिए । उनले आफ्ना बुबा प्रचण्ड प्रधानमन्त्री हुदाँ वा नहुदाँ स्वकीय सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *