पाप धुरीबाट करायोः पूर्व मुख्यमन्त्रीलाई धोका दिएका दिपक मनाङेलाई लाग्यो ४४० भोल्टको झड्का !

प्रमुख समाचार

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दुई जना मन्त्रीलाई आज जिम्मेवारी तोकेका छन् । मन्त्रिपरिषदमा रहेका ४ जना मन्त्रीमध्ये २ जनालाई आज जिम्मेवारी तोकिएको हो ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पोखरेलको सिफारिसमा मन्त्रीहरू कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालय तोकेका छन् ।

नेपाली कांग्रेसबाट मन्त्री बनेका खड्कालाई सामाजिक विकास मन्त्रालय र माओवादी केन्द्रबाट मन्त्री बनेकी अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिइएको छ ।

सरकार परिवर्तनमा निर्णायक बनेका मन्त्री दिपक मनाङ्गेले भने मुख्यमन्त्रीबाट धोका पाएका छन्।

सुरुमा गृह र त्यसपछि भौतिक योजना मन्त्रालयको नेतृत्व लिन खोज्नुभएका मनाङ्गेलाई बिश्वासको मत पाएसँगै पुरानै मन्त्रालय वा बिनाबिभागीयमै चित्त बुझाउन मुख्यमन्त्री पोखरेलले सुझाएका स्रोतले बतायो ।

मुख्यमन्त्री निकट स्रोतका अनुसार मनाङ्गेलाई यसअघिका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दिनुभएको जिम्मेवारीलाई नै निरन्तरता दिन वा बिनाबिभागीय रहेर प्रदेशसभालाई चुनाव हुनबाट जोगाउने भुमिका खेल्न भनिएको छ ।

मनाङ्गेले आफू प्रदेशसभा बचाउने भ्याक्सिन भएको घोषणा गरिसकेको कारण मन्त्रालय नपाउँदा पनि सो काम गर्न सुझाइएको हो ।

कांग्रेसभित्र मनाङ्गेलाई बिनाबिभागीय मन्त्रीमै राख्न मुख्यमन्त्रीमाथि चर्को दवाव परेको छ । सोही कारण आज जिम्मेवारी तोक्दा उनलाई कुनै जिम्मेवारी दिइएको छैन ।

त्यस्तै जसपाबाट मन्त्री बनेका हरिशरण आचार्य पनि विनाविभागीय नै रहेका छन् ।

पछिल्लो समय गण्डकीमा कांग्रेस र माओवादीबीच महत्वपुर्ण मन्त्रालय आफूहरुले लिएर छाडेको मन्त्रालय जसपालाई दिने र मनाङ्गेलाई बिनाबिभागीयमै राख्ने भित्री योजना बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *