यी बलिउड अभिनेत्री हिरोइन मात्र होइनन – पाइलट पनि हुन्

Rochak

 

 

काठमान्डौ :बलिउड अभिनेत्री गुल पनाग ती निकै कम अभिनेत्रीहरु मध्येकी एक हुन्, जो फिल्ममा अभिनय गर्नुका साथै बाइक चलाउन तथा हवाइजहाज उठाउन पनि सौखिन छिन् ।अभिनयको क्षेत्रमा आफ्नो प्रतिभा प्रस्तुत गरिसकेकी गुल पनाग पूर्व मिस इन्डिया समेत हुन् ।उनी एउटा सैनिक पृष्ठभूमि भएको परिवारकी सदस्य हुन्, जुन कुरा गुलको फिल्मी करियरभन्दा टाढा गुलको जिन्दगीको बाँकी क्षेत्रमा देख्न सकिन्छ ।

उनलाई खेलकुदमा निकै रुची छ ।फिल्महरुमा आउनुभन्दा पहिला गुल पनागले सौन्दर्य प्रतियोगितामा भाग लिइसकेकी छिन् ।उनले सन् १९९९ मा मिस इन्डियाको उपाधि जितेकी थिइन् ।उनले मिस यूनिभर्समा पनि भाग लिइसकेकी छिन् ।गुल पनाग एक सर्टिफाइड पाइलट समेत हुन् भन्ने कुरा भने अधिकांशलाई थाहा नहुन सक्छ ।

यी अभिनेत्रीले धेरै पटक पाइलटको यूनिफर्मममा तथा विमान भित्रका आफ्ना तस्बिरहरु शेयर गरिसकेकी छिन् ।गुल पनागसंग व्यवसायिक पाइलटको लाइसेन्स समेत छ ।

यसबाहेक उनी हाफ म्याराथन रनर तथा मोटरबाइक राइडर समेत हुन् ।मोटरबाइकका अतिक्ति उनले फर्मुला–ई प्रोफेशेनल प्लेटफर्ममा पनि प्रशिक्षण लिएकी छिन् ।

उनले स्पेनमा आयोजित महिन्द्रा रेसिङ अल न्यू एमफोरइलेक्ट्रोमा डेब्यू गरेकी थिइन् ।१९९९ मा मिस इन्डियाको उपाधि जितेको केही वर्षपछि सन् २००३ मा उनले फिल्म धूपमार्फत आफ्नो फिल्मी करियरको थालनी गरेकी थिइन् ।

त्यसपछि उनले जुर्म, डोर, मनोरमा सिक्स फीट अण्डर, समर २००७, हेलो, अनुभव, अब तक छप्पन-२, अंबरसरियासहित थुप्रै फिल्महरुमा अभिनय गरेकी छिन् ।

फिल्महरुका अतिरिक्त गुल पनाग वेब सीरीज तथा टेलिभिजनकी सक्रिय सदस्य समेत रहिसकेकी छिन् ।उनले कश्मीर, खूबसूरत, द फ्यामिली म्यान, रंगबाज फिर से, पाताल लोक, पवन एण्ड पूजा जस्ता ओटीटी प्लेटफर्ममा समेत अभिनय प्रतिभा प्रस्तुत गरिसकेकी छिन् ।

गुल पनाग आफ्नो व्यक्तिगत जीवनलाई गोप्य नै राख्न चाहन्छिन् ।मानिसहरु त्यो बेला आश्चर्यमा परेका थिए, जब उनले सन् २०१८ मा एक महिनाका छोराको आमा भएको खुलासा गरेकी थिइन् ।

गुलले आफू ३९ वर्षको उमेरमा कसरी आमा बनेकी थिइन् भन्ने कुरा बताएकी थिइन् ।गुल पनागका श्रीमान् ऋषि अटारी पनि पाइलट हुन्, जोसंग उनले सन् २०११ मा चण्डीगढको गुरुद्वारमा विवाह गरेकी थिइन् ।

गुल पनागले राजनीतिमा पनि अनुभव हासिल गरिसकेकी छिन् ।उनी सन् २०१४ मा आम आदमी पार्टीको सदस्यता लिएकी थिइन् ।उनले चण्डीगढबाट चुनाव पनि लडेकी थिइन् र अभिनेत्री किरण खेरसंग हारेकी थिइन् ।गुल पनाग आज जनवरी ३ का दिन आफ्नो जन्मदिन मनाइरहेकी छिन् ।गुल पनागको जन्म चण्डिगढमा सन् १९७९ को जनवरी ३ मा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *