बरु कारबाही गरे जेल जान्छौ तर शुक्रबारदेखि देशभर गाडी कुदाउँछौँ’

समाचार

काठमाडौं । नेपाल यातायात व्यवसायी र यातायात मजदुर संगठनहरूले शुक्रबारदेखि देशभरका सार्वजनिक सवारीसाधन चलाउने तयारी गरेका छन् ।उनीहरूले देशभरका मजदुर र व्यवसायीलाई सवारी चलाउनका लागि सार्वजनिक आह्वान गरेका छन् ।

‘असार १८ देखि देशभर चल्ने छोटो, मध्यम र लामो दूरीका सवारीसाधन चलाउने तयारी गरेका छौँ,’ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताउनुभयो । स्वस्फूर्त सार्वजनिक सवारी चलाउने र कारबाही गरे पनि जेल जान तयार रहेको उहाँले बताउनुभयो ।

अब बालबालिकालाई मासिक ३ हजार रुपैयाँ शैक्षिक भत्ता !

काठमाडौं । बागमती प्रदेश सरकारले बालबालिकाहरुलाई मासिक ३ हजार रुपैयाँ शैक्षिक तथा सामाजिक सुरक्षा भत्ता दिने भएको छ ।प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०८९ को नीति तथा कार्यक्रममा कोरोनाका कारण आमाबावु नै गुमाएका बालबालिकाका लागि उक्त भत्ता प्रदान गर्ने निर्णय गरेको हो ।

बिहीबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विष्णुप्रसाद प्रसाईले उक्त जानकारी गराउनुभएको हो । प्रदेश सरकारले कोभिड १९ को संकटबाट प्रभावित नागरिकको जीवनस्तरमा सुधार ल्याउनका हरित उत्पादन, हरित, उत्थानशील, समावेशी विकास जस्ता असल अभ्यासहरुको आन्तरिकीकरण गरी सामाजिक तथा पूर्वाधार विकासका कार्यक्रममा कार्यान्वयनलाई जोड दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *