ज्वाला संग्रौला दम्पतिको सरकारी कागजात नै नक्कली, कीर्ते गरिएको पुष्टि

समाचार

काठमाडौं । प्रहरी हिरासतमा रहेकी ज्वाला संग्रौला दम्पतिले सरकारी कागजात कीर्ते गरेको पाइएको छ।

प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुले सरकारी प्रमाणपत्र कीर्ते गरेको भेटिएको हो।

परिसरका प्रमुख अशोक सिंहका अनुसार अनुसन्धानका क्रममा उनीहरुले जन्मदर्ता तथा नाता प्रमाणित र सम्बन्ध विच्छेदको प्रमाणपत्रमा कीर्ते गरिएको अनुसन्धानबाट खुलेको छ।

ज्वालाको पाँचथरको शैलुङ गाउँपालिकाबाट जारी भएको जन्मदर्ताको प्रमाणपत्र कीर्ते भेटिएको छ। त्यस्तै उनका पति हिमाल उपाध्यायसँग गरिएको नाता प्रमाणित पनि कीर्ते पाइएको परिसरको अनुसन्धानबाट खुलेको हो।

अछामको मंगलसेन नगरपालिकाबाट यी दुईबीच नाता प्रमाणीकरणको कुनै पत्र जारी नभएको पाइएको थियो।

कुटपिट र अभद्र व्यवहार गरेको भन्दै ज्वाला पति हिमालसहितलाई गत असार ६ गते प्रहरीले पक्राउ गरेको थियो। अहिले उनीहरुलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *