परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएपनि जनताले सुख पाएनन्- राजा शाह

समाचार

काठमाडौ । राजा ज्ञानेन्द्र शाहले परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएपनि जनताले सुखको अनुभूति गर्न नपाएको बताएका छन् ।

राजाले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेका छ्न – परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रुपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ ,उनले अगाडि भनेका छ्न- आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ ।’

राजा शाहले कोरोनाको खोप उपचार पाउन नसकेका कतिपय नेपाली निराश रहेको भन्दै सरकारले प्रभावकारी ढंगले यसमा पहल गर्न नसकेको आरोप लगाएका छन् । उनले राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रवन्ध र व्यवस्थापन सं,क्रमण, सं,कट र अन्योलको अवस्थामा देखा परेको पनि उल्लेख गरेका छन् ।

शाहले यस्तो अवस्थामा यही असार २३ गतेको जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णय पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *