https://nepstok.com/17687/

भिडियो

काठमाडौ । गायिका अञ्जु पन्त र गायक तथा संगीतकार मनोजराज शिवाकोटीको सम्बन्ध विच्छेद भएको धेरै वर्ष भैसकेको छ । दुवै जनाले दोस्रो विवाह गरेर जिवनमा धेरै अगाडी बढिसकेका छन् ।

वैवाहिक जीवनबाट अलग्गिएको एक दशक पछि पनि गायिका अञ्जु पन्त र गायक तथा संगीतकार मनोजराज शिवाकोटी सांगीतिक जीवनमा भने फेरी जोडिएका छन् । उनीहरुको युगल स्वरमा ‘तिमी आयौ जिन्दगीमा’बोलको गजल गीत सार्वजनिक भएको छ ।

सुरेश वाग्लेको शब्द रहेको गीतमा मनोजराजकै संगीत छ । तीन वर्षअगाडि नै रेकर्ड गरिएको गीतको हालै मात्र म्युजिक भिडियो छायांकन गरी सार्वजनिक गरिएको हो । गीतमा अञ्जु र मनोजको स्वर छ ।

म्युजिक भिडियो सुव्रतराज आचार्यले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा गीतकार वाग्ले स्वयं र उनकी श्रीमती प्रमिला कार्कीले अभिनय गरेका छन् ।

उत्सव दाहालको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । भिडियो नेपाली वेबसाइटको अफिसियल युट्युबमा हेर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *