आँखाको शक्ति बढाउन गर्नुहोस् यी काम !!

भिडियो

आधुनिक जीवनशैलीमा प्रयोग गरिने विभिन्न सामग्री जस्तै, कम्प्युटर, मोबाइलले हाम्रो आँखालाई झन् कमजोर बनाइरहेका छन् । पढ्दा, काम गर्दा आँखा थाक्नुका साथै आँखाको शक्ती पनि कम हुँदै जान्छ ।आँखाको शक्ती बढाउनको लागि हरियो सागपात र फलफूल खानु राम्रो हुन्छ । तर यदि आँखा कमजोर हुँदै गएका छन् भने खाना संगै आँखाको अभ्यास पनि गर्नुपर्छ। आँखाको शक्ति बढाउने अभ्यास गर्नको लागि मैनबत्ती तरिका सबैभन्दा उपयुक्त मानिन्छ ।

यसको लागि मनिबत्ति बालेर त्यसलाई एक ठाउँमा राख्नुपर्छ । त्यसपछि आफू डेढ देखि दुई फिटको दुरीमा बस्नुपर्छ । मैनबत्तिलाई आफ्ना सिधा आँखाले मैनबत्तिकै आगोमा केन्द्रित भएर आँखा नझिम्काई हेर्नुपर्छ।यसरि हेर्दा आँखाबाट आँशु नझरुञ्जेल एकटकले हेर्नुपर्छ । यो अभ्यास हरेक दिन दुई देखि तीन पटक सम्म गर्नाले आँखाको शक्ती बढ्छ।

आँखाको लागि अर्को राम्रो अभ्यास भनेको पेन्सिल अभ्यास पनि हो । पेन्सिल आफ्नो हातमा लिनुहोस् र आँखा देखि केहि पर राख्नुहोस् । त्यसको टुप्पोमा एकटकले हेर्नुहोस् ।त्यसपछि पेन्सिललाई आँखाको नजिक नजिक ल्याउँदै जानुहोस् र धमिलो देखुन्जेल सम्म नजिक ल्याउनुहोस् । यो अभ्यासले तपाईंको आँखालाई तेज बनाउनुका साथै दिमागको एकाग्रता शक्तिलाई पनि बढाइदिन्छ।

परको वस्तु हेर्ने शक्तिको लागि आफ्नो औंला प्रयोग गरेर अभ्यास गर्न सक्नुहुन्छ । यसको लागि आफ्नो हातको एउटा औंला आँखा देखि सिधा, राख्नुहोस् । अब केही परको कुनै वस्तु हेर्नुहोस् ।त्यसपछि फेरी आफ्नो औंला हेर्नुहोस् । छिटो-छिटो आफ्नो हातको औंला र परको वस्तु हेर्ने अभ्यास हेर्ने गरिराख्नुहोस् । यसले परको वस्तु हेर्ने तपाईंको शक्ति बढ्छ भने दिमाग पनि तीक्ष्ण बन्छ।

थप समाचार :नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचार काम गर्छन् । यसका औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ । नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ लाग्छ श्रेष्ठ, पूर्ण र कहिल्यै खराब नहुने ।नीमका डाँठ, जरा, बोक्रा र फल सबैमा शक्तिवर्द्धक तत्व विद्यमान हुन्छन् अनि रोगविरुद्ध लड्छन् ।

यसको बोक्रा विशेषगरी औलो र छालासम्बन्धी रोग निको पार्नका लागि उपयोगी हुन्छन् ।नीममा मधुमेह, क्यान्सर, मुटुरोग, एलर्जी लगायतका कैयौं रोगसँग लड्ने क्षमता हुन्छ । आयुर्वेदमा यसलाई सर्वरोगनिवारिणी भनिएको छ ।पृथ्वीमा जीवन सूर्यको शक्तिबाट नै चलेको हुन्छ । सूर्यको ऊर्जाबाट जन्मेको तमाम जीवहरूमा नीमले नै सबभन्दा बढी सूर्य ऊर्जा सोसेको छ ।

त्यसैले यसलाई रोगनिवारक मानिएको छ । नीमको एक पातमा १५० भन्दा धेरै रासायनिक प्रबन्ध हुन्छ । यस धर्तीमा पाइने पातहरूमा नीमको पात नै सबैभन्दा जटिल हुन्छ ।नीमको पातले मानसिक रोग, दन्तरोग, छालाको रोग लगायत धेरै रोग निको पार्छ । तपाईंले घरमा नीम रोप्नुभएको छ भने तपाईंमा यसको राम्रो प्रभाव पर्छ ।

शरीरमा करोडौं ब्याक्टेरिया हुन्छन् । तीमध्ये धेरैजसो ब्याक्टेरियाहरू हानिकारक हुन्छन् । ती हानिकारक ब्याक्टेरियालाई मार्नका लागि नुहाउनुअघि शरीरमा नीमको लेप लगाउनुस् र शरीरमै सुक्न दिनुस् । त्यसपछि पानीले मजाले धुनुस् । तपाईंको शरीरका सारा ब्याक्टेरिया नष्ट हुन्छन् । यसको विकल्पमा नीमका केही पात पानीमा राखेर रातभरि छोडिदिनुस् अनि बिहान उठेर त्यो पानीले शरीर नुहाउनुस् ।नीमले तपाईंको शरीर प्रणालीलाई सफा राख्छ । यसले गर्मी पैदा गर्छ र शरीरमा तीव्र एवं प्रचण्ड ऊर्जा उत्पन्न गराउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *