मोटी मोटी असाध्यै हट एकता कपुरले खोलिन् अझैपनि बिवाह नगर्नुको रहस्य (भिडियो)

भिडियो

एजेन्सी । बलिउडमा एकछत्र राज गर्ने महिलाको नाम हो एकता कपुर ।उनी बलिउडको चर्चित टेलिसिरियल निर्माता हुन् । उनकै कारण सर्यौ कलाकार जन्मिएका छन् । तर उनी अहिले सम्म अविवाहित छन् । ४५ वर्ष पुग्न लागेकी एकतालाई संधै विझाउने एउटा प्रश्न हो । कहिले आफ्नो जिवन ब्यवस्थित गर्छौ ।

उनी भन्छिन्, म यति धेरै कमाउँछु, ब्यवसायीक जिवनमा ब्यस्त छु । यो सेटल भनेको के हो ? मैले संसारमा यति धेरै मानिस देखेकी छु जसले पैसाका लागि विवाह तोडे-का छन् ।

मेरो नीजि जिवन देखि मानिसलाई यति धेरै चासो किन छ ? उनी सिंगल मदर बन्न चाहन्छिन् । तर उनको यो चाहना प्रति पनि मानिसको प्रश्न देखेर उनी चकित् छन् । उनले भनिन्,‘म सिंगल मदर बन्न चाहाने यो मेरो नितान्त व्यक्तिगत चाहानाको कुरा हो ।

यस्मा मलाई मेरो परिवारको समर्थन मिलेको छ । मेरी आमाले मलाई बुझिदिनु भएको छ । मेरो ड्याडीले मलाई समर्थन गर्नु भएको र मेरो भाईले मलाई मायाले सम्हालेको छ भने अरुको किन टाउको दुखाई ?

किन मलाई नानाभाँति भन्नु पर्यो र ? अनि मेरो यो सानो अबोध बच्चालाई पनि ? के भन्नेहरुलाई थाहा छ यो कुरा कि म अविबाहीत नै भएर पाएको मेरो बच्चालाई कति नाजुक तरिकाले हुर्काएको छु भन्ने ?’

बलिउडमा कपुर परिवार निकै चर्चित परिवार हो । एकता मात्र होइन उनका भाई तुषार कपुर पनि अविवाहित छन् । उनी ४१ वर्षका भए । उनी पनि सेरोगेसी मार्फत बच्चाको बाबु बनेका छन् ।नायिका नभएपनि उनको सुन्दरताको बलिउडमा निकै चर्चा हुनेगर्छ ।

भिडियो हेराैँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *