अत्याधिक गर्मीका कारण क्यानडामा ६९ जनाको मृत्यु

समाचार

एजेन्सी । क्यानडामा अत्यधिक गर्मीका कारण ६९ जनाको मृत्यु भएको छ । दक्षिणी प्यासिफिक उत्तरपश्चिममा तापक्रम निरन्तर बढ्दो क्रममा छ । ब्रिटिस कोलम्बियाको प्रहरीले ६९ जनाको अ,प्रत्या,सित रुपमा मृत्यु भएको र अधिकांश पाको उमेरका रहेको जनाएको छ ।

गर्मी तथा तातो हावाका कारण मृत्यु भएको प्रहरीले बताएको छ । मंगलबार लगातार तेस्रो दिन क्यानडाको अधिकतम तापक्रम उच्च तहमा पुगेको थियो । ब्रिटिस कोलम्बियाको लिटनको तापक्रम ४९.५ डिग्री सेल्सियस पुगेको छ । यो हप्ता पहिले क्यानडाको तापक्रम अहिलेसम्म ४५ डिग्री भन्दा माथि पुगेको थिएन । जोखिमयुक्त उमेर समूह वा स्वास्थ्य अवस्थाका व्यक्तिहरुका लागि हालको गर्मी घा तक बन्ने देखिएको बताइएको छ । अझै केही दिन तापक्रम उच्च रहने र तातो हावा चल्ने चेतावनी मौसम विभागले जनाएको छ ।

यसैबिच अमेरिकामा पनि गर्मी निरन्तर बढ्दो क्रममा छ । अमेरिकी शहर पोर्टल्याण्ड र सियाटलको तापक्रम सन् १९४० यताकै उच्च पुगेको छ । ओरिगनको पोर्टल्याण्डको तापक्रम ४६.१ डिग्री सेल्सियस र सियाटलको ४२.२ डिग्री सेल्सियस पुगेको हो । अझै केही दिन तापक्रम उच्च रहने भन्दै सचेत रहन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *