घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

Rochak

काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।सोमबार तोलामा ९० हजार ७ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज एक सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ६ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार जनाइएको छ । त्यस्तैगरी आज चाँदीको मूल्यपनि घटेर तोलाको १ हजार ३ सय रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *