अभिनेता पल शाह रियल हिरो अफ दि इयरबाट सम्मानित

Rochak

काठमाडौ । महामारी होस् वा प्राकृतिक विपत्ती अभिनेता पल शाह सहयोगका लागि संधै अगाडी आउँछन् । उनै नायक पल शाहलाई रियल हिरो अफ दि इयरबाट सम्मानित गरिएको छ । उनी फिल्ममा त हिरो छन् नै समाजमा उनले निभाएको सहयोगी ब्यवहारका कारण रियल हिरोको सम्मान दिइएको हो । महामारी सुरु हुनासाथ उनले अप्ठेरोमा परेका चलचित्र प्राविधिकहरुलाई ५ लाख रुपैया बराबराको सहयोग दिने घोषणा तत्काल गरे ।

त्यसपछि उनी जस्तै अन्य कलाकारहरुले पनि सहयोगको हात बढाए । अहिले पनि उनी सहयोगमा जुटीरहेका छन् । मुलुकका विभिन्न स्थानमा राहत र सहयोग लिएर पुगेका छन् । लकडाउनले गर्दा बेरोजगार बनेका चलचित्रकर्मीहरुलाई राहत सहयोग गर्न शुरु भएको ‘रजतपट कोशेली अभियान’ले पललाई सम्मान गरेको हो । उद्दार र सहयोगमा लागिपरेका पल शाहलाई सोहि सामाजिक कामको लागि यो सम्मान गरिएको रजतपट कोशेलीका प्रकाश सुवेदीले जानकारी दिए ।

सोमबार काठमाण्डौमा आयोजित सहयोग कार्यक्रममा दिईएको उक्त सम्मान लिन पल भने अनुपस्थित थिए । उनि राहतकै लागि काठमाण्डौ बाहिर भएका कारण आफुलाई दिएको सम्मान पनि ग्रहण गर्न पाएनन् ।

सोहि कार्यक्रममा बिरामी परेकी मोडल निशा घिमिरेलाई ११ लाख सात हजार आठ सय रुपैयाँ सहयोग पनि गरिएको छ । निशालाई निशुल्क उपचारको प्रबन्ध गरेकी मेघा चौधरीलाई पनि सम्मानित गरिएको छ । मेघाको सम्मानपत्र नवजीवन परोपकार समाज नेपालका दुर्गानाथ दाहालले बुझेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *