घटना लुकाउन बगाउनै नसकिने खोलामा लाश फालियो , श रीरमा कुनै पनि क’पडा थिएन भन्दै बुढा बुबाआमा (भिडियो सहित)

भिडियो

सल्यानको दर्माकोट गाउँपालिकामा एक जना ३० वर्षीया महिलाको शव फेला पर्यो । उनको परिवारले घटना रहस्यमयी भन्दै घटनाको अनुसन्धान गर्नुपर्ने माग गरिएको छ । बगाउनै नसक्ने खोलामा महिलाको शव फेला परेपछि उनको मृत्युमा अरु कसैको हात भएको हुनसक्ने परिवारका सदस्यको भनाई छ । अन्तै घटना गराएर खोलामा ल्याएर फालिएको हुनसक्ने परिवारको भनाई छ ।

महिलाका भित्री वस्त्र पनि फेला परेका छैनन् । घटना हुनुभन्दा केही बेर अघि एउटा पसलमा उनले चाउचाउ र विस्कुट किनेकी थिइन् । उनले सामान किनेको पसलवाट उनको घर पुग्न ५ मिनेटको दुरीमा छ । उनले लगाएका सुनका गहना पनि छैनन्, उनले साथमा लिएको नागरिकता पनि फेला नपरेको परिवारका सदस्यको भनाई छ । उनी घर नजिकैको खोलामा मृत फेला परेकी थिइन् ।

उनलाई खोलाले बगाएको प्रारम्भिक कुरा वाहिर आएको थियो । तर उनले लगाएका गहना नभेटिनु, भि त्री व स्त्र समेत नभेटिनुले घटना रहस्यमयी भएको आफन्तको भनाई छ । जुन खोला किनारमा महिला फेला परेकी थिइन् त्यो खोलामा त्यती धेरै पानी समेत नभएको परिवारका सदस्यको भनाई छ । अहिले सम्म त्यो खोलाले कसैलाई बगाएको थाहा छैन, आमाले भनिन्, खोलाले मेरो छोरीलाई बगाएको होइन ।

घटना अन्तै भएको हो । घटना लुकाउन खोलामा ल्याएर शव राखिदिएको हुनसक्ने आमाबुवाको भनाई छ । घटना हुनुभन्दा अघिल्लो दिन एक जना साथीले मेरो पैसा ल्याइदे भनेपछि उनले ६० हजार रुपैया ल्याएर जिम्मा लगाइदिएकी थिइन् । त्यो बाहेक अन्य आर्थिक कारोवार समेत भएको कुनै जानकारी नभएको परिवारका सदस्यको भनाई छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *