लोकप्रिय गायक प्रकाश स’पुतले सुपा सुनारको पक्षमा बोल्दै यस्तो भने (भिडियो हेर्नुस् )

भिडियो

पछिल्ला केही वर्ष निय’मितजसो नेपाली सा’ङ्गीतिक आकाशमा चम्किरहेका छन् केही कलाकार । नेपाली साङ्गीतिक क्षेत्रमा अमूल्य र क’र्णप्रिय गीतहरू एकपछि अर्को दिँदै आएका छन् यिनीहरूले ।

यस्तै गीतमा पर्छन्, ‘गल”बन्दी च्यातियो तिम्ले तानेर’, ‘बोल माया’ र ‘बदला बरी लै !’लोकभाका मिश्रित यी गीतहरूका गायक हुन्, प्रकाश सपुत । सपुतका यी गीतले पछिल्लो समय नेपाली श्रोताको मन र मस्तिष्क दुवै हल्लाइरहेका छन् । हरेकजसो नेपालीका ओठमा यी गीत झन्डिएका छन् ।शिलापत्रडटकमको नियमित स्तम्भ ‘मेरो सङ्घर्ष’का लागि यस पटक उनै प्रिय गायक सपुतको सङ्घर्षलाई समेटिएको छ ।

धेरै मानिस आफ्ना सपनालाई मूर्त रूप दिन सारा जीवन समर्पित गर्छन् । जीवन बितेर जान्छ तर पनि कतिपय अवस्थामा सपना अधुरै रहन्छ ।सपुत भने यस मामलामा अपवाद सिद्ध भएका छन् । उनले छोटो अवधिमै आफ्नो सपनाको दुनियाँ अर्थात् साङ्गीतिक क्षेत्रमा हस्तक्षेपकारी उपस्थिति जनाए । उनले यसबाट नाम मात्र कमाएनन्, आर्थिक र सिर्जनात्मक रूपमा पनि उनी अहिले राम्रो अवस्थामा छन् ।

सङ्गीतको क्षेत्रमा उनी अहिले लोक’प्रियताको शिखरमा छन् । कुनै बेला खान-लगाउनकै समस्या भएका र अभाव नै अभावमा जीवन विताएका सपुत अहिले काठमाडौंमा आफ्नै घरमा बस्छन् । यसको आसय उनको आ’र्थिक है’सियत पनि विचित्र ढंगले उठेको छ अहिले । तर, उनलाई यो सफलता सहज र स्वाभाविक ढंगले प्राप्त भएको भने होइन । यसका लागि उनले धेरै मिहिनेत गरेका छन् । धेरै सङ्घर्ष गरेका छन् । उनी जातीय विभेद, आर्थिक अभाव र सङ्गीतका क्षेत्रमा समानान्तर ढंगल सङ्घर्ष गर्दै अगाडि बढे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *