९ हजार नाघ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या, ३००७ निको

समाचार

नेपालमा कोरोनाका कारण हालसम्म ९ हजार ९ जनाको मृत्यु भएको छ । विश्वमा कोरोनाका कारण ४० लाखभन्दा बढीको ज्यान गइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार आज ३४ जनाको मृत्यु भएसँगै नेपालमा ९ हजार ९ जनाको कोरोनाबाट मृत्यु भएको हो ।


नेपालमा अहिले सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । अहिले देशभर ४० हजार ३३६ जना सक्रिय संक्रमित रहेका छन् । आज देशभरमा गरी १ हजार ९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । काठमाडौं उपत्यकामा आज ४ सय २४ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा २९१, भक्तपुरमा ३२ र ललितपुरमा १०० गरी ४ सय २४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *