आठ हजार ४३० रुख काटिए तर रेल किन आएन हाेला ?

प्रमुख समाचार

मुआब्जा निर्धारण गर्ने काम अलपत्र, प्रभावितको गुनासो– न जग्गा बेचबिखन गर्न पाइयो, न मुआब्जा ! मोरङ,बेलबारी–९ की उषाकला लिम्बुको करिब तीन कट्ठा जमिन प्रस्तावित इनरुवा–काँकडभिट्टा विद्युतीय रेलमार्गको रेखाङ्कन क्षेत्रमा परेको छ । सरकारले एकवर्ष अघि रेलमार्ग निर्माण गर्ने भन्दै पूर्वी खण्डको प्रस्तावित मार्गमा उनको जग्गा समावेश

गरेको थियो । रेलमार्गले छोएको भन्दै गएको एक वर्षदेखि उनको जग्गा बेचबिखन गर्न रोक लगाइएको छ । तर पनि उनले अहिलेसम्म आफ्नो जग्गाको मुआब्जा पाउन सकेकी छैनन् । जिल्ला प्रशासन कार्यालयले रेल्वेभित्र पर्ने जग्गा कारोबारमा रोक लगाए पनि अहिलेसम्म मुआब्जा पाउन नसकेको र सीमाङ्कनको काम पनि नभएको उनको गुनासो छ

‘तत्काललाई जग्गाजमिन भोगचलन गर्ने काममात्र भएको छ,’ जग्गाधनी लिम्बु भन्छिन्, ‘सरकारले हामीमाथि अन्याय ग¥यो ।’ मुआब्जा पाए आफूलाई अरु विकल्प खोज्न सहज हुने उनको भनाइ छ । उनले भनिन्, ‘खेतबारी सरकारलाई जिम्मा लगाएर हामी कतिञ्जेल यत्तिकै चुप लागेर बस्ने ?हामीलाई न्याय चाहियो ।’उनको जस्तै समस्या झापा शिवसताक्षीका कुमार अधिकारीको पनि छ ।

उनले पनि रेलमार्गको क्षेत्रभित्र परेको आफ्नो जग्गाको अहिलेसम्म मुआब्जा पाएका छैनन् ।‘सरकारले न त जग्गा खरिद बिक्रीका लागि अख्तियारी दिन्छ,न जग्गाको उचित मूल्यांकन गरेर मुआब्जा नै दिन्छ,’ उनी भन्छन्, ‘योभन्दा अरू पीडा के हुनु ?’

मेची–महाकाली विद्युतीय रेलमार्गअन्तर्गत (पूर्वीखण्ड) झापा,मोरङ र सुनसरी जिल्लामा रेलमार्ग निर्माणका लागि जग्गा परेका ४ हजार बढी घरधुरीको मुआब्जा वितरणमा समस्या देखिएको छ ।काँकडभिट्टा–इनरुवा रेलमार्ग निर्माणका क्रममा ५ सय १२ हेक्टर खेतीयोग्य जमिन र ५३.६१ हेक्टर बस्ती प्रभावित हुनेछन् । संघीय सरकारले पूर्व–पश्चिम

राजमार्गको दुईदेखि अढाइ किलोमिटर दक्षिण तर्फबाट रेलमार्ग निर्माणको योजना अघि सारेको छ ।जसअनुसार मेची–महाकाली विद्युतीय रेलमार्ग अन्तर्गत पूर्वी खण्डको इनरुवादेखि झापासम्म चल्ने तीव्र गतिको विद्युतीय रेलका लागि इनरुवा–काँकडभिट्टा रेलमार्गको डिपिआर तयार भएको थियो ।

त्योसँगै सरकारले अघिल्लो वर्षको भदौ २४ गते रेलमार्गभित्र पर्ने जग्गा अधिग्रहणको लागि ३५ दिने सूचना प्रथम पटक जारी गरेको थियो । त्यसयता सरकारले सो रेखाङ्कनभित्र परेका स्थानीयको जग्गा बेचबिखनमा रोक लगाउँदै आएको छ । तर करिब एक वर्षको यो अवधिमा जग्गा अधिग्रहणका लागि ढिला हुँदा आयोजना नै अन्योलमा परेको छ भने

जग्गावालाहरु मा’रमा पर्दै आएका छन् ।रेलमार्गमा पर्ने चारकोशे जंगल अन्तर्गत मोरङ र झापाको दुईवटा वन क्षेत्र प्रभावित हुनेछ । आयोजनाका अनुसार जम्मा १९.६० हेक्टर वन क्षेत्रसमेत मासिने छ ।आयोजना निर्माणका क्रममा वन क्षेत्रका आठ हजार ४३० रुख का’ट्नु पर्नेछ । रेलमार्ग निर्माणले वन्यजन्तुको आवतजावतमा पनि अ’सर पार्ने भएकाले

आयोजनाले नौ मिटर चौडाइ र आठ मिटर उचाइको पुल निर्माण गर्ने डिपिआरमा उल्लेख छ । योजना प्रमुख भण्डारीका अनुसार चारआली क्षेत्र र मोरङको बेलबारीदेखि पथरी क्षेत्रमा वनक्षेत्र रेलमार्गभित्र पर्नेछ । उक्त क्षेत्रमा पर्ने रुख गणनाको काम सकिएको छ । रुख क’टानका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्ने काम पूरा भई स्वीकृतिसमेत भएकाले आवश्यक रुख क’टानको प्रकृया निकट भविष्यबाटै सुरु हुने भण्डारीले बताए ।

उनले रुख का’टिएका स्थान आसपासका क्षेत्रमा नयाँ बिरुवा रोपेर क्षतिपूर्ति दिइने योजना रहेको पनि बताए । हात्तीलगायत वन्यजन्तुको बाटो अव’रुद्ध नगर्न आयोजनाले कम्तीमा नौ मिटर चौडाइ र आठ मिटर उचाइका पुल निर्माण गर्ने उनको भनाइ छ ।इनरुवा–काँकडभिट्टा विद्युतीय रेल मार्ग निर्माण क्षेत्रका प्रभा’वितलाई आगामी मंसिरभित्र मुआब्जा वितरण गर्ने तयारी छ । करिब एक वर्षदेखि अड्किएको मुआब्जा वितरणका लागि आगामी आर्थिक वर्षभित्रै

मुआब्जा निर्धारण र वितरणको काम सुरु गर्ने गरी काम भईरहेको रेल योजना कार्यालय दमकले जनाएको छ । प्रमुख भण्डारीका अनुसार मुआब्जा निर्धारण गर्नका लागि फिल्डमा सर्वे गर्नेदेखि स्थानीयसँग छलफल गर्ने कामसमेत कोरानोका कारण प्रभावित भएकाले मुआब्जा कार्यमा ढिलाइ हुन पुगेको हो ।

गत वैशाखदेखि को’रोनाका कारण फिल्डमा प्राविधिकको टोली परिचालन गरी काम गर्न नसकिएको उनले बताए । त्यसैगरी तीनवटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्माण गरेको मुआब्जा निर्धारण उपसमितिले आवश्यक रिपोर्ट बुझाउन ढिला गरेकाले पनि मुआब्जा निर्धारणा विलम्ब भएको भण्डारीले बताए ।

मुआब्जा निर्धारण समितिले मुल समितिलाई प्रतिवेदन बुझाएपछि सोही प्रतिवेदनको आधारमा जग्गाको मुआब्जा निर्धारण गरी प्रभावितलाई वितरण गर्नेछ । रेलमार्गमा पर्ने कतिपय स्थानमा नक्सा हालसाविक नहुँदा पनि मुआब्जा निर्धारणको काम अल्झिएको योजना प्रमुख भण्डारीको भनाइ छ । नापीमा देखिएको समस्या समाधान गर्न नापी विभाग

र रेल विभागसँग पनि कुरा गरेर अघि बढ्ने काम भएको उनले बताए ।रेल योजना कार्यालयका अनुसार झापा र मोरङमा मात्र डिमार्केसनको काम बाँकी छ । सुनसरी जिल्लामा भने यो काम पूरा भईसकेको छ । झापा र मोरङका केही ठाउँमा डिमार्केसनको काम सम्पन्न गर्न टोली परिचालन गरिएको छ ।

प्रमुख भण्डारीले योजना कार्यान्वयन गर्दा डुबान,बाढी समेतलाई मध्यनजर गर्दै योजनामा समावेश गर्न रेल योजना कार्यालयले आवश्यकता अनुसार सर्वेक्षण गर्ने र मुआब्जा निर्धारणपछि समयमै मुआब्जाको रकम उपलब्ध गराउने जनाए । उनले मुआब्जाको काम सकिएपछि त्यसको तीन वर्षभित्र निर्माण काम पूरा हुने दाबी गरे ।सरकारले रेलमार्ग निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दै आएको छ ।

पूर्व–पश्चिम रेल आयोजनाअन्तर्गत इनरुवा काँकडभिट्टा र विराटनगर–इटहरी खण्डका लागि सरकारले हरेक वर्ष बजेटको आकार बढाउँदै लगेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि रेलमार्गका लागि १० अर्ब ३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षका लागि ८ अर्ब ६६ करोड रुपैयाँ र आर्थिक वर्ष २०७६/७७ मा ७ अर्ब ७० करोड रुपैयाँ रेल सेवाका लागि विनियोजन भएको थियो । सरकारले आगामी आर्थिक वर्षका लागि पूर्वी खण्ड (इनरुवा–काँकडभिट्टा विद्युतीय रेलमार्ग)का लागिमात्र २ अर्ब ९० करोड २८ लाख रुपैयाँ विनियोजना गरेको रेल योजना कार्यालय दमकले जनाएको छ ।

नेपालमा रेलमार्ग निर्माण गर्ने योजना आर्थिक वर्ष २०६६/६७ बाटै सुरु भएको हो । रेल यातायातको विकास गर्नका लागि सरकारले २०६८ असार १ गते रेल विभाग स्थापना गरेको छ । पूर्व–पश्चिम रेलमार्ग बनाउन २०६७ साउनमा भारतीय कम्पनी राइट कन्सल्यान्ट्सले सम्भाव्यता अध्ययन गरेको थियो । राताेपाटी बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *