नदीमा हा’म फालेकी महिलाको उ’द्धार

समाचार

बर्दिया – बर्दियाको सदरमुकाम गुलरिया नजिक भादा नदीमा हा’म फ’लेर आ’त्मह’त्या प्रयास गर्न खोज्ने एक जना भार’तीय म’हिलालाई प्रहरीले उ’द्धार गरेको छ ।
गुलरिया नगरपालिका ८ मा पर्ने भादा नदीमा हाम फालेर आ’त्मह’त्या प्रयास गर्ने भारतको बहराईच जिल्ला थाना मोतिपुर गाउँ बलैगाउँकी ४० वर्षीया जलदैया थारुलाई प्रहरीले उ’द्धार गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

शुक्रवार झन्डै ५ बजेतिर महिलाले भादा नदीमा हाम फालेको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक मणिराज भट्टको क’मान्डमा गएको प्रहरी टोलीले उ’द्धार गरेको हो ।

बर्दिया अस्पताल गुलरियामा उ’पचारपछि सोधपुछ गर्दा नाम र ठेगाना खुलेपछि ती महिलालाई भारतको बहराईच जिल्ला थाना मोतिपुर ग्राम पञ्चायतका गाउँ प्रधानसँग समन्वय गरी श्रीमान्मि श्रिराम थारुको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

यो पनि समाचार: मंगलवार देखि वर्षा भइरहेको थियो । टनेलमा पानी भरिएकाले ११ वजे बन्द गर्ने कुरा थियो । ५ वजेतिर खोला निकै धेरै पानी आयो । ६ वजे हामीले खाना खायौं । म्यानेजरले म एक पटक हेरेर आउँछु भनेर जानुभयो । उहाँ आएर अब बाढी आउँछ की भन्ने आशंका लागेर होला अब छिटै सामान हटाउनुपर्छ भन्नुभयो । हामी सामान हटाउँदै थियौं अचानक भुकम्पले भत्काएजस्तै बसेको ठाउँ नै चिरा पर्यो ।

त्यतिजेल हाम्रो क्याम्प भत्काउन सुरु गरिसकेको थियो । हामी राती १० वजे सबै सामान हटाउनुपर्छ भनेर त्यसैमा लागेका थियौं । हाम्रो अर्को क्याम्प माथि पनि थियो । अब माथिल्लो क्याम्पमा जानुपर्छ भनेर गाडीको चालकलाई फोन गरेँ । चालकको फोन उठेन त्यही बेला निकै ठूलो आवाज आयो । अब केही ठूलै घटना हुँदैछ भन्ने भान दिने खालको आवाज आयो । हामि केही नसोचेर अब भाग्नु पर्छ भनेर भाग्नु थाल्यौं ।

त्यती बेला मैले मेरा साथी सबै गए भन्ने लागेको थियो । तर धेरै साथी भागेर बाँच्नु भएको रहेछ । म भन्दा पछाडी रहेका साथी पनि संगसंगै आउनु भएको थियो । माथि पुग्दा हामीसंगै कामगर्ने कामदार लुगा विहिन हुनुहुन्थ्यो । तर मुस्किलले बाँचेर आउनु भएको रहेछ । मैले लगाएको ज्याकेट खोलेर उहाँलाई लगाउन दिएँ । लागंटागं राष्ट्रिय निकुञ्जको भिर हुँदै हिडेका थियौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *