१२ तले भवन भ’त्किँदा ९९ जना बे’पत्ता

प्रमुख समाचार

फ्लोरिडा : अमेरिकाको फ्लोरिडा राज्यमा एउटा १२ तले भवन भ’त्किँदा ९९ जना बे’पत्ता भएका छन् । बीबीसीका अनुसार बिहीवार मायामी नगरको सो भवन भ’त्किँदा एक जनाको मृ’त्युसमेत भएको छ ।हराएकाहरूमा कैयौँ ल्याटिन अमेरिकी आप्रवासी रहेका छन्।

सो घ’टनापछि मायामीका मेयरले सङ्घीय सरकारसँग सहयोगका लागि अनुरोध गरेका छन्।भवन भ’त्किनुको कारण प्रस्ट भएको छैन तर सुरक्षा प्रमाणीकरणका लागि त्यहाँ पुनर्निर्माणको काम भइरहेको जनाइएको छ मायामी डेडकी मेयर डेनीयला लेभिन–काभाले हालसम्म १०२ जनाको अवस्था पत्ता लागेको र ९९ जना अझै बे’पत्ता रहेको जानकारी दिइन्।

सर्फसाइडमा रहेको उक्त भवन सन् १९८० मा बनेको थियो। बेपत्ता हुनेमा कैयौँ ल्याटिन अमेरिकीहरू रहेको विवरण सम्बन्धित कन्सुलेटहरूले दिइरहेका छन्।
पाराग्वेकी प्रथम महिलाका आफन्तहरू पनि हराउने मध्येमा छन्।उद्धारकर्ताहरूले प्रथम महिला सिल्भाना लोपेज मोरेराका बहिनी ज्वाइँ र उनीहरूका तीन सन्तान अनि एक जना घरेलु कामदारको अवस्था पत्ता लगाउन सकिरहेका छैनन्।

हालसम्म भग्नावशेषबाट ३५ जनालाई निकालिएको र १० जनालाई परीक्षण गरी दुई जनालाई अस्पताल पठाइएको थियो।खोजीकार्य जारी रहँदा सानो आ’गला’गी भएपनि त्यसलाई २० मिनेट भित्रै नियन्त्रणमा लिइएको स्थानीय अग्नि नियन्त्रण प्रमुखले बताएका छन्।फ्लोरिडाका गर्भनरले घ’टनास्थलमा पुगेर उद्धारको काम अझै जारी रहेको र त्यति ठूलो संरचना ढलेको देख्नु पी’डादायी रहेको बताए।

राष्ट्रपति बाइडनले गभर्नर रोन डिसान्टिसबाट सङ्कटकाल घोषणा आफूले कुरिरहेको र फीमा भनिने सङ्घीय आपत्तकालीन व्यवस्थापन निकायका अधिकारीहरू घट’नास्थलमा पुगेको जनाए।(बीबीसी)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *