यो फेरि ए’क्कासी के भयो ? केकीले किन मागिन् क्षमा…

Rochak

यो फेरि ए’क्कासी के भयो ? केकीले किन मागिन् क्षमा…

काठमाडौं, ११ असार । नायिका केकी अधिकारीले क्षमा मागेकी छिन् । उनले वैचारिक विभेदका लागि भन्दै क्षमा मागेकी हुन् ।

आज ट्वीट गर्दै केकीले आफूबाट भएको वा हुन गएको सबै व्यवहारिक एवम् वैचारिक विभेदका लागि क्षमा मागेकी हुन् ।

आफूले आफूलाई नियाल्न, मुल्यांकन गर्न र त्यस प्रकारको सोच आफै भित्रबाट जरैदेखि निर्मुल पानी सबैलाई विवेक र शक्ति मिलोस् भन्दै केकीले अगाडि लेखेकी छिन्–‘अहिलेसम्म आफूबाट भएको वा हुन गएको सबै खालको व्यवहारिक एवंम वैचारिक विभेद वा त्यस किसिमको सोच र त्यसबाट पर्न गएको असरका लागि म अन्तरहृदयबाट क्षमाप्रार्थी छु ।’

नायिका केकी अधिकारीले आफूले जानी नजानी कुनै कुरामा भेदभाव गरेको भए गल्ती भएको भन्दै माफी मागेकी हुन् ।

नेपाली चलचित्र क्षेत्रमा एक दशक भन्दा लामो समय विताएकी केकीलाई यो क्षेत्रमा बौद्धिक नायिकाको रुपमा हेरिन्छ । केकीले यो स्टाटसले उनको सोचमा धेरै परिवर्तन आएको वुझ्न सकिन्छ । केकी केही साता अगाडि विपश्यनामा बसेर फर्किएकी थिइन् ।

यो पनि पढ्नुहोस्

कर्नाटक : कतिपय प्रशंसक आफ्नो मनपर्ने कलाकारको एक झलक पाउनका लागि जस्तोसुकै दुःखकष्ट सहन पनि तयार हुन्छन्। दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाका एक प्रशंसकले पनि उनलाई भेट्न यस्तै दुःख गरेका छन्।

एक प्रशंसकले रश्मिकालाई भेट्न नौ सय किलोमिटरभन्दा टाढाको यात्रा तय गरेका थिए। अभिनेत्रीलाई भेट्नकै लागि ती व्यक्ति तेलंगनादेखि कर्नाटकको कोडागाउँसम्म पुगेका थिए।

तर, यति लामो यात्रा तय गर्दा पनि उनले आफ्नो मनपर्ने अभिनेत्रीलाई भेट्न भने पाएनन्। आकाश त्रिपाठी नामका ती प्रशंसक गुगल सर्च गर्दै त्यहाँसम्म पुगेका थिए।

उनले ठाउँठाउँमा अभिनेत्रीको निवासबारे सोधपुछ गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। ती व्यक्तिको शंकास्पद गतिविधि देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

त्यसपछि प्रहरीले ती व्यक्तिलाई कोडागाउँमा लकडाउन लगाइएको र रश्मिका पनि चलचित्र छायांकनका लागि मुम्बई गएको भन्दै तेलंगना फर्काइदिएको थियो।

सुरुमा रश्मिकालाई नभेटिकन घर नफर्किने अड्डी कसेका उनी प्रहरीले सम्झाएपछि भने घर फर्किन राजी भएका थिए। रश्मिका मन्दना भने अहिले मुम्बईमा बस्छिन्।

बलिउडमा डेब्यु गर्न लागेकी उनले मुम्बईमा केही समयअघि मात्र नयाँ अपार्टमेन्ट लिएकी थिइन्। रश्मिका सिद्धार्थ मल्होत्रासँग ‘मिसन मजनु’बाट बलिउडमा डेब्यु गर्ने तयारीमा छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *