धुलिखेलबाट किशोरीलाई फकाएर काठमाडौं को गेष्टहाउसमा ल्याए, अनि…

समाचार

अहिले लकडाउन छ । सर्बसाधारण हिड्न पाएका छैनन् । तर यसैबेला एक ब्यक्तिले भने धुलिखेलबाट खाजा खान जाऔं भनेर सुन्धारा लिएर आएका छन् । उनले किशोरीलाई सुन्धाराको एक गेष्टहाउसमा लगेर अनैतिक काम समेत गरेका छन् ।अहिले अनैतिक काम गरेको अभियोगमा ती युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

१५ वर्षीया किशोरीलाई त्यस्तो कार्य गरेको अभियोगमा काभ्रे, धुलिखेल नगरपालिका ८ घर भएका २३ वर्षीय जयराम चौलागाईलाई आइतबारसाँझ प्रहरीले पक्राउ गरेको हो ।शनिबार बिहान ती किशोरी हराएको भनी उनकी आमाले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जाहेरी दिएकी थिइन् । जाहेरी प्राप्त हुनासाथ ती किशोरीको खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले काठमाडौं सुन्धारामा फेला पारेको थियो ।थप अनुसन्धानका क्रममा जयरामले ती किशोरीलाई फकाएर घुम्न जाउ भनी ल्याएका थिए ।

अनि उनले खाजा खान भक्तपुर नगरपालिका ४ सूर्यविनायकस्थित गेष्ट हाउसमा लगेका थिए । त्यसपछि उनले त्यस्तो काम गरेको खुलेपश्चात चौलागाईलाई सुन्धाराबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसार भक्तपुरले जनाएको छ । प्रतीकात्मक तस्वीर

काठमाडौं । सोमवार विहान काठमाडौ स्थित त्रिभुवन अन्तराष्टिय विमानस्थलको आकासमा अनौठो दृष्य देखियो । एउटै विमान घरी उड्ने फेरी बस्ने र फेरी उड्ने गरिरहेको थियो । त्यो जहाज विमानस्थल माथि फन्को लगाउँथ्यो फेरी आएर बस्थ्यो । यस्तो देखेपछि विमानस्थल वरपरका बासिन्दा अचम्म परे ।एउटै जहाज छिनमै उड्ने र बस्ने गरेको देखेपछि स्थानियको मनमा चिसो पस्यो । कतै कुनै विपत पो आयो की ? तर यो कुनै विपद्को संकेत थिएन ।

अहिले निषेधाज्ञा भएका कारण विमानस्थल माथिको आकास खाली छ । विमानहरु उडेका छैनन् । बिहान साढे ७ बजेदेखि काठमाडौं उपत्यकामा एक जहाजले लगातार २२ फन्का लगायो ।उक्त समय हिमालयन एयरलाईन्सको जहाजले ट्रेनिङ फ्लाईट गरिरहेको थियो । हिमालयन एयरलाईन्सले यसका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट २२ फन्का घुम्न पाउने गरी अनुमति लिएको थियो ।

कम्पनीका नयाँ पाईलटलाई विमानस्थलमा ल्यान्डीङ र रनको ट्रेनिङ दिनका लागि उक्त फ्लाईट गरिएको विमानस्थलका प्रवक्ता देव चन्द्र लाल कर्णले जानकारी दिए ।उनका अनुसार हिमालयन एयरलाईन्सको ‘एच’ ९९९५१’ जहाजमार्फत उक्त् ट्रेनिक फ्लाईट गरिएको हो । यस्तो बेलामा विमानस्थल खाली हुने अर्थात फ्लाईट र ल्याण्डीङ नहुने समय मिलाएर यस्तो ट्रेनिङ फ्लाईट गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *