यी साहसी नेपालीको सम्झनामा बेलायत सरकारले राख्यो रेल सेवाको नाम, को हुन् ती भाग्यमानी?

Rochak

बेलायतमा गुड्ने एक रेल नेपालीको नाममा चल्न थालेको छ । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बुधबारदेखि सन्चालन भएको हो । उक्त रेल सेवाको शुभारम्भ पुनका छोराछोरीले लण्डनको प्याडिङटन स्टेशनमा गरेका थिए ।

ग्रेट वेस्टर्न रेलवेले आयोजना गरेको नामाकरण समारोहमा पुनका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले सेवा सुभारम्भ गरेका थिए । सो समारोहमा अभिनेत्री जोअना लुम्लेले आफू ६ वर्षको हुँदा पुनको फोटो देखेको बताउँदै भेट भने आफ्नो पिता बितेको ९ वर्षपछि मात्र भएको बताइन् ।

भेटमा पुनले आफूलाई पिताको बारेमा सोधेको र उनी बितेको बताएपछि ‘अबदेखि तिमी मेरी छोरी भयौ’ भनेको स्मरण गरिन् । गोरखा न्यायिक अभियानमा तुलबहादुर पुनको नाम इतिहासमा अङ्कित भइसकेको बताउँदै उनले रेलको नाम पुनको नाममा गरिँदा पुनलाई दिनदिन सम्झिइने विश्वास व्यक्त गरिन् ।

गोरखा ब्रिगेड एसोसिएसनका अध्यक्ष डेभिड बिलले गोरखाहरुसित काम गर्दा खुशी लागेको बताए । उनले पुनको नाममा रेल सेवा सन्चालन गर्ने निर्णय गरेकोमा ग्रेट वेस्टर्न रेलवेलाई धन्यवाद दिएको समाचार तस्वीर सहित हामीले वी नेपाली अनलाईनबाट तस्वीर सहित साभार गरेका हौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *