फेरि बढ्यो सुनको मूल्य, तोलाको कति ?

समाचार


काठमाडौं – मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार तोलामा ४ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाले बढेको हो । सोमबार प्रतितोला ९० हजार ४ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९१ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलाको १ हजार ३ सय रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *