अब अविवाहित र एकल पुरुषलाई मासीक एक हजार भत्ता

Rochak

ताप्लेजुङ । नेपाल सरकारले हाल बिभिन्न शिर्षकमा सामाजिक सुरक्षा भत्ता बितरण गर्दै आएको छ । त्यसमध्ये, एकल महिला, बृद्ध/बृद्धाभत्ता, अपाङ्गता भत्ता यी शीर्षकहरुमा भत्ता दिने गरिएको सबैलाई थाहा छ । तर, ताप्लेजुङको फुङ्लीङ नगरपालिकाले भने छुट्टै व्यवस्था मिलाएको छ । सुन्दा निकै अनौठो र नेपालमै पहिलोपटक नगरपालिकाले गएको दुई वर्षदेखि अविवाहित पुरुषहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने यो सेवा लिदै आएका छन् । फुङ्लीङ नपाकी उपमेयर तारा भट्टराईका अनुसार यो भत्ता पाउनका लागि अबिवाहित पुरुषको उमेर ६० वर्ष पुगेको हुनुपर्ने प्राबधान तोकिएको छ । ‘हाम्रो नपामा कोही अविबाहित पुरुषको उमेर ६० पुगेको छ भने उसले भत्ता पाउनेछ’ उपमेयर भट्टराईले भनिन्, ‘सम्भवत : यो हाम्रो प्रयास नेपालकै पहिलो हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *