हेलम्बुमा बाढीले आफ्नो घर र खेत बगाएपछि आँखा भरि आँशु पार्दै टुलुटुुलु हेर्दै वृद्ध

समाचार

७ असार २०७८, सोमबार काठमाडौ । बाढीले आफ्नो घर खेत ब’गाएपछि खोलाको डिलमा दिक्क मानेर बसेका हेलम्बु चनौटेका वृद्ध ।

थप समाचार : नासोँ प’हिरो ः अझै पुग्न सकेनन् सुरक्षाकर्मी-:मनाङ, मनाङको नासों गाउँपालिकाको बाढीपहिराबाट क्ष’तिग्रस्त क्षेत्रमा अहिलेसम्म सुरक्षा निकाय पुग्न सकेको छैनन् । यही असार १ गतेदेखि परेको अविरल वर्षाका कारण सो क्षेत्रका स्थानीयवासी विस्थापित भएका बताइएको छ ।

एक स्थानबाट अर्को स्थानमा जानै नसकिने गरी बा’ढीपहिराले नासों क्षेत्रलाई क’टान गरेपछि सम्बन्ध विच्छेद नै बनाइदिएको छ ।नासो–१ ताल गाउँ, ३ धारापानी, ४ ओडार, ५ थोँचे, ६ र ७ तिल्चे र ८ ताचै बाढीप’हिराबाट सबैभन्दा धेरै प्रभावित भएको क्षेत्र हो ।

प्र’भावित स्थानको केही सुरक्षित स्थानमा बसेका स्थानीयवासीमा विभिन्न स’मस्या देखापर्न थालेको छ ।पहिलो चरणमा नै प्रभावित क्षेत्रमा खाद्यान्न र खानेपानीको स’मस्या आएको स्थानीय बासिन्दाले बताएका छन् । बा’ढीप’हिराबाट स्थानीय विस्थापित भएको आज ६ दिन बितिसकेको छ ।

CHECK THIS OUT
Mgid
Mgid

Chrissy Metz’s Transformation: Details Of Her Weight-Loss Journey
Limelight Media

Meghan Markle And Prince Harry Have Famous Neighbors
Limelight Media

What Your Face Shape Says About Your Personality
Limelight Media

10 Most Influential First Ladies For Global Issues
Limelight Media
जिल्लाका कुनै पनि सुरक्षा निकाय स्थलगत निरीक्षणमा नआएको स्थानीयवासीले गु’नासो गरेका छन् ।वर्षाको शुरुआतमै जिल्लालाई बाढीप’हिराले उठीबास लगाएको हो । बाढीपीडित परिवारले बाढीप’हिराले वितण्डा मच्चाएको र अबका दिन आफूहरू कहाँ बस्ने, के गर्ने भन्ने विषयमा सोच्न नसकेको बताएका छन् ।

पी’डितले तत्कालका लागि भए तापनि गाँस, बास र कपासका खाँचो भएको रहेको जनाउँदै सहयोगका लागि सरकार र दाताहरूसँग हारगु’हार मागिरहेका छन् ।सशस्त्र प्रहरी बल नं ३२ गुल्म, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली उक्त स्थानमा जाने प्रयास भइरहेको र निरन्तर वर्षाले अ’बरोध पु¥याएको जनाइएको छ ।

जिल्लाको तल्लो भेगमा गत मङ्गलबार मस्र्याङ्दी नदीमा आएको बाढील बस्तीहरू डु’बानमा परेको छ । अहिले बस्ती सबै बगरमा परिणत भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । जिल्लाको चार स्थानीय तहमध्ये तीन स्थानीय तहमा पूर्णरूपमा क्ष’ति पुगेको छ ।

जिल्लाको विभिन्न स्थानमा रहेका आठ झोलुङ्गे र दुईवटा पक्की पुल बाढीप’हिराले ब’गाएको उहाँले बताउनुभयो । जिल्लामा पहिलोपटक विभिन्न स्थानीय खोला र मस्र्याङ्दीमा आएको बाढीप’हिराबाट ठूलो क्षति भएको यहाँका स्थानीयवासीले बताएका छन् ।पुल मात्र होइन यहाँ जलविद्युत्, सडक, सञ्चारका तार पनि बाढीले ब’गाएर लगेको छ ।

यहाँका सरकारी कार्यालय, वित्तीय संस्था, होटेल, टहरा र घरहरूमा पूर्णरूपमा क्ष’ति पु¥याएको छ । बाढीले पुल, सडक ब’गाएपछि यातायातका बाटो पूर्णरूपमा सम्बन्ध वि’च्छेद भएको छ । जिल्लाभरि दुई सय घरपरिवारका एक हजार नागरिक पूर्णरूपमा विस्थापित भएको प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *