३ तला माथिबाट सोफा फ्याँके, तल सडकमा महिला थिइन्, सीसीटिभीमा भिडियो रेकर्ड

Rochak

काठमाडौं। हाम्रो जीवनमा हुने गरेका दुर्घटनाहरु सबै संयोगले मात्रै हुँदैनन् । धेरै दुर्धटनामा मानिसकै लापरवाही जिम्मेवार हुन्छ । हामीबाट हुने लापरवाहीकै कारण दुर्घटना भएका र कैयौंले ज्यान गुमाउनु परेका घटना हामीले देखेका छौं । यस्तै एउटा घटना टर्कीमा भएको छ । टर्कीको इस्तानबुल प्रान्तको उस्कुदर जिल्लामा भएको यो घटनामा झण्डै एक महिलाको ज्यान गएन । महिला सावधानीकै कारण बचिन् र यो घटना त्यहाँ रहेको सीसीटिभी क्यामेरामा रेकर्ड पनि भयो ।

यहाँ एक भवनको तेस्रो तलाको फ्ल्याटमा बस्ने व्यक्ति मेसुत दुरानले हालै नयाँ सोफा किने । नयाँ सोफा किनेपछि उनको घरमा २ सोफा भए । उनले एउटा सोफा हटाउनुपर्ने भयो । यसको लागि मेसुतले कुनै मेहनत नगरी सर्टकट अपनाए । डेलीमेलको रिपोर्टअनुसार मेसुतले केही सोचविचारै नगरी पुरानो सोफालाई तेस्रो तलामा रहेको आफ्नो फ्ल्याटको झ्यालबाट सिधै तल फ्याँकिदिए ।

https://www.dailymail.co.uk/video/news/video-2444475/Inside-look-LA-party-attended-Tristan-Thompson-Drake.html

त्यही बेला भवन तलबाट हिँडिरहेकी छिमेकी महिला सोफामुनि किचिनबाट मुस्किलले बचिन् । यो सोफा उनको निकै नजिकबाट भुइँमा खस्यो जसका कारण उनी निकै डराइन् । यो सबै घटनाको भिडियो भवनमा जडान गरिएको सीसीटिभी क्यामेरामा रेकर्ड भयो । जमिनमा खसेपछि सोफा नराम्रोसँग भाँचिएको थियो । यो देखेर आत्तिएकी महिलाले माथि हेर्दै त्यो ठाउँ पार गरेको भिडियोमा देखिन्छ ।

यो घटनाका विषयमा फ्ल्याट मालिक मेसुतले डिएचए वेबसाइटसँग कुरा गर्दै भने ‘मैले एउटा नयाँ सोफा किनेको थिएँ । त्यसैले पुरानो सोफा हटाउने निर्णय गरें । मैले पहिले हेर्दा भवनको तल कोही थिएन । त्यसपछि मैले पुरानो सोफा झ्यालबाट तल फाल्नु ठिक हुन्छ भन्ने तय गरें ।’ उनका अनुसार जब उनले सोफा तल फ्याँके उनकी छिमेकी भित्रबाट बाहिर आइन् । उनले यो घटनामा उनको मृत्यु हुन सक्ने र आफू हत्याको दोषी हुन सक्ने स्वीकार गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *