श्रीमानले सुन्दरताको तारि नगर्दा रिसाइन् आँचल, कम बोल्ने उदीपले कार्यक्रममै लेखे यस्तो चिठी ?(भिडियो हेर्नुस्)

भिडियो

काठमाडौं । नायिका आँचल शर्माले विवाह गरे लगत्तै लकडाउन सुरु भयो । उनी विवाह पछि पुरै समय परिवारका साथमा बिताइन् । श्रीमानसंग टिकटक बनाउँदै सामाजिक सञ्जालमा पोष्ट पनि गर्थिन । अब भने विस्तारै उनी बाहिर खुल्न थालेकी छन् । उनीहरुले एउटा कार्यक्रममा संगै देखिए ।

उनीहरुले विवाह पछि आफुहरुले विताएको समयका बारेमा खुलेर बताएका छन् । उदीपले प्रशंसा नगरीदिँदा आँचललाई अलि नराम्रो लाग्छ । कार्यक्रममा आउँदा पनि त्यस्तै भयो, म निकै मेहनत गरेर तयार भएँ तर मलाई हेरेर उदीपले केही नभनेपछि रिस उठ्यो नी ? गाडीमा बसेपछि मैले भनेँ के हो केही मतलब नै छैन ? उनले उदीप निकै कम बोल्ने गरेको बताइन् ।

तर उनका दिदी बहिनी भने निकै रमाइलो रहेको आँचलको भनाई छ । आँचलले आफू बिहेपछि झनै विन्दास र भित्र बाट खुलेको बताएकी छिन् । लकडाउनको समयमा जीम जाने, मन परेका परिकार खाने र परिवारसँगै समय बिताएको बताउने आँचल लकडाउन खुलेपछी भने म्यूजिक भिडियोको छायांकनमा रमाउन थालेकी थिइन्।

तर फेरी दोस्रो लडकडाउन पछि उनीहरु घरमै छन् । आँचल खुशी हुँदै भन्छिन् –‘मलाई त धेरै फ्यानहरुले बिहेपछि अनुहारमा झनै चमक कसरी आयो भनेर प्रश्न सोध्नुहुन्छ । म आफूलाई भने उस्तै छु जस्तो लाग्छ ।’

आँचल मन खुशी भयो भने अनुहारमा चमकता आउने कुरामा विश्वास गर्छिन् । उनले लजाउदै भनिन्–‘सायद, बिहेपछि मेरो मन झनै खुशी भएको छ । उदिपजीको साथले मनमा उमंग ल्याएको छ । सायद उदिपजी मायाले मेरो अनुहारमा फ्यानहरुले चमकता देख्नुभएको होला ।’ म अहिले विन्दास पनि भएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *