भोलिबाट काठमाडौं उपत्यकामा ट्याक्सी चल्ने

समाचार

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबारबाट ट्याक्सी चल्ने भएका छन् । आइतबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि लगाइएको निषेधाज्ञा एक साता थप गर्दै ट्याक्सी चल्न दिने निर्णय गरेको हो ।

उक्त बैठकले निषेधाज्ञा असार १४ गते मध्यरातसम्म गर्ने निर्णय गरेको छ । थपिएको निषेधाज्ञाको मोडालिटी केही परिवर्तन भएको छ । मंगलबारबाट निजी सवारी साधन तथा ट्याक्सी जोरविजोर प्रणालीमा चल्न पाउने भएका छन् ।

यस्तै सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न सोमबार, बुधबार र शुक्रबार पाइने भएको छ । यस्तै सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान आइतबार, मंगलबार र बिहीबार खोल्न पाइने भएको छ ।canada nepal बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *