सुत्नुभन्दा अगाडी साहिली औलाले जानकी मन्दिर छोई दर्शन गर्नुहोस्, भेटी स्वरुप १ सेयर गर्नुहोस!

धर्म / संस्कृत

J
धनुषा जिल्ला प्रदेश २ अन्तर्गत पर्ने जिल्ला हो । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम पनि यसै जिल्लामा पर्छ । धनुषाको पुर्वमा सिरहा, पश्चिममा महोत्तरी, उत्तरमा सिन्धुली, उदयपुर र दक्षिण तर्फ भारतको विहार राज्यका विभिन्न जिल्लाको सिमाना छ ।सत्ययुगको अन्त्यतिर भगवान विष्णुका अनुयायीहरुको प्रयासबाट मिथिलाको खोज भएको शास्त्रहरुमा उल्लेख छ । मिथिला राज्य जनकपुरधामको नाममा प्रतिस्थापित हुन पुगेको देखिन्छ ।नेपालको एकीकरण पछि नेपालको तराई भुभागमा रहेको यो मिथिला क्षेत्रको महत्व पौराणिककाल देखि जुन रुपमा रही आएको थियो अझ त्यो भन्दा बढी रुपमा धार्मिक र पछि थप पर्यटकीय रुपमा समेत आज यो क्षेत्रको महत्वमा बृद्धि भएको छ ।

जानकी मन्दिर:जनकपुरधाम धार्मिक र सांस्कृतिक जगमा उभिएको प्राचीन नगरी हो । प्राचीनकालमा मिथिला, विदेह र तिरहुत पनि भनिने जनकपुर जनकवंशी राजाहरूको राजधानी पनि थियो । यसबारे रामायण, वेद, पुराणलगायत उपनिषदमा मिथिलाको उन्नत सभ्यताबारे व्याख्या गरिएको छ । यसका साथै प्रदेश २को अस्थायी राजधानी जनकपुरधामको महत्व विश्व प्रसिद्ध जानकी मन्दिरले समेत बढाएको छ ।माता जानकीको विशाल मन्दिरको निर्माण सन १९११मा गरिएपनि मध्यभारत लोहागढका सन्त शुरकिशोर दासले १५औँ शताब्दिमा जनकपुरधामको खोज गरी मन्दिरको जग बसाएका थिए । शुरकिशोर दास माता जानकीको अनन्य भक्त थिए ।

त्यसैले मिथिलाधाम दर्शन गर्ने उनको मनमा उत्कण्ठा जाग्यो तर मिथिलाधाम कुन ठाउँमा छ भन्ने विषयमा उनलाई केही थाहा थिए । भनिन्छ मााता जानकीले नै उनको सपनामा आएर जनकपुरधामको बाटो देखाएकी थिइन् ।१४१७ सालमा भारतको राजस्थानस्थित लोहागढबाट जनकपुर आएका आदि महन्थ सुरकिशोरदास वैष्णवले राम जानकीको प्रतिमा फेलापारेको बताइन्छ । १७८४ मा मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरको नाममा १४ सय बिघा दान दिएको लिखत अझै छ ।

पछि निसन्तान टिकमगढकी रानी वृषभानु कुमारीले माता जानकी समक्ष पुत्र प्राप्तीको ईच्छा व्यक्त गरिन् । उनलाई पुत्र प्राप्ति भएपछि विशाल मन्दिरको निर्माण गरेको बताइन्छ । त्यो समयमा ९ लाख असर्फी खर्चेर मन्दिरको निर्माण गरिएको जानकी मन्दिरलाई नौ लखा मन्दिर समेत भन्ने गरिन्छ । मन्दिर निर्माणका लागि सन १८९४ मा शिलान्यास गरिएको थियो सन १९११ मा मन्दिर निर्माण कार्य सम्पन्न भएको मानिन्छ ।मन्दिरमा बिहान ७ बजे र बेलुका ८ बजे आरती हुन्छ । दिउँसो १२ देखि ४ बजेसम्म गर्भगृहको ढोका खुल्दैन । गर्भगृह पछाडि सांस्कृतिक संग्रहालय छ । त्यसले हलेश्वरी महायज्ञ भएर सीता फेला परेदेखि सीतारामको विवाह भएसम्मको झझल्को दिलाउँछ ।

जनकपुरधामको मध्य भागमा रहेको सो मन्दिर मानव सिर्जनाको उत्कृष्ट नमूना मानिन्छ । मन्दिरको वास्तुकला, मूर्ति, डिजाइन र प्रविधि दर्शनीय, पूजनीय, आस्था र विश्वासका प्रतीकका रूपमा रहेका छन् । सो मन्दिर ४९ हजार ५ सय ५५ वर्गफिटमा फैलिएको छ ।

सो मन्दिर वास्तु कलाकारिताको विलक्षण रहेको छ । मन्दिर परिसरमा रहेका ६० वटा कोठाहरु छन् ।

भारतको वैशालीमा लिच्छवी गणराज्यको विकास भएको बेला नेपालमा मिथिला सभ्यताले उचाई पाएको थियो । जनक र सीताबाहेक याज्ञवल्क्य, गार्गी र मैत्रीय आदि विद्वानको थलो जनकपुरधाम नै हो । मन्दिरको बुर्जा, गुम्बज, गर्भगृह, सुनौला गजूर, फराकिलो सफा परिसर र कलात्मक प्रवेशद्वार भएको जानकी मन्दिरलाई बेला बेलामा विश्व सम्पदा सूचीमा सूचीकृत गराउनका लागि आवाज उठ्दै आएको छ ।

राम मन्दिर :प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको महत्वपूर्ण तिर्थस्थलहरु मध्ये राम मन्दिर पनि एक हो । जानकी मन्दिरको निर्माणभन्दा पहिले नै निर्मित यो मन्दिरको निर्माण प्यागोडा शैलीमा गरिएको छ । राम मन्दिरलाई झट्ट हेर्दा पशुपतीनाथ मन्दिरको झ–झल्को आउँछ ।

राम मन्दिरमा पंचायन मूर्ति, लक्ष्मीनारायण, विष्णु दशावतारको मूर्ति, सातवटा घोडायुक्त रथमा विराजमान सूर्य भगवान र अन्य देवी देवताको नित्य पूजा अर्चना गर्ने गरिन्छ । मन्दिरमा रहेको मूर्तिहरु चतुर्भुज गिरीले ती मूर्तिहरु फेला पारेका थिए । तीनै सन्तले पछि मन्दिरमै रहेको बरको रुखमुनि मूर्तिहरु राखेर पूजा शुरु गरेका थिए ।यो मन्दिर प्राचिन एवं ऐतिहासिक रहेको छ । महन्थख चतुर्भुज गिरीलाई राजा इन्दु विधाताले वि.सं. १८६७मा दिएको कुश विर्ता राजा विर्वाण युद्ध विर विक्रम शाहले अम्वर गिरीलाई दिएको थमौतीबाट नै मन्दिरको प्राचिनतालाई दर्शाउँछ ।

रणबहादुर शाहका सेनापति अमरसिंह थापाले वि.सं १८३९ मा यो मन्दिरको निर्माण गर्न लगाएका थिए । पछि चन्द्र शम्शेर प्रधानमन्त्री भएको समयमा १९८४ सालमा पित्तलको छानोमा सुनको पानी चढाउन लगाएर मन्दिरलाईअझै आकर्षक बनाउन लगाएका थिए । मन्दिरको लम्बाई २५ फिट रहेको छ भने २३ फिट चौडाई छ । झिंगटीको छानो हाली काठबाट यस मन्दिरको निर्माण गरिएको छ । यस मन्दिरलाई पनि राम मन्दिर जतिकै पुरानो मनिन्छ । यो मन्दिरको निर्माण पनि अमरसिंह थापाले नै गर्न लगाएका थिए । मन्दिर परिसर भित्र १८ वटा शिवलिंगहरु समेत रहेका छन । यि शिवलिंगहरुलाई नवग्रहादी पनि भन्ने गरिन्छ । हुनत यसलाई धर्म रक्षाका लागि प्राण दिएको सन्यासीहरुको समाधी स्थल रहेको समेत भन्ने गरिन्छ ।

मन्दिर भित्र भगवानका केही पाषाण मूर्तिहरु र संगमर्मरका मूर्तिहरु समेत राखिएको छ । त्यहाँ रहेका मूर्तिहरु मध्ये यशोधाले भगवान कृष्णलाई दूध खुवाई रहेको कालो ढुंगाको मूर्तिलाई पाल कालिन मूर्ति मानिन्छ । यी मूर्तिहरु पुरातात्विक दृष्टिले पनि महत्वपूर्ण छन् ।मन्दिरको प्रवेशद्वार पूर्व तथा दक्षिणमा मूख्य रुपमा रहेपनि पश्चिम तर्फ सानो र उत्तर तर्फ राजदेवी मन्दिर प्रवेश गर्ने द्वार रहेको छ । पूर्व तर्फको मुख्य प्रवेशद्वार भएर सोझै धनुषसागरसम्म पुग्न सकिन्छ ।

राजदेवी मन्दिर :जनकपुरको राजदेवी मन्दिर जनकपुरधामको सबैभन्दा प्राचिन मन्दिरहरुमा पर्छ । मिथिलाका जनकवंशी राजाहरुको कुलदेवीको रुपमा राजदेवीलाई लिइने गरिन्छ । राम मन्दिरको उत्तर तर्फ रहेको सानो प्रवेशद्वार भएर राजदेवी मन्दिरमा पुग्न सकिन्छ ।

मन्दिरको गर्भगृहमा धातु वा ढुंगाको कुनै मूर्ति छैन । त्यहाँ माटोको ढिस्कोलाई कुलदेवीको रुपमा प्राचिन कालदेखि नै जनकवंशी राजाहरुले पूजा अर्चना गर्दै आएका छन । राजदेवी माताको प्रतिकको रुपमा रहेको माटोको ढिस्कोलाई अहिले पित्तलको पाताले ढाकिएको छ । मन्दिर परिसरमा महावीर युवा कमिटीले टायल्स ओछ्याएर त्यसको आकर्षण अझै बढाएको छ ।

विजया दशमीको ९ दिनसम्म यस मन्दिरमा देवीको पूजा पाठ गर्नका लागि टाढा टाढाबाट लाखोको संख्यामा दर्शनार्थीहरुको घुइचो लाग्ने गर्छ । दशैँको बेला मन्दिरलाई नव बेहुली झैं सिंगारिएको हुन्छ ।राजदेवी मन्दिरमा विजया दशमीको अष्टमी तिथीका दिन एकै दिनमा सबै भन्दा बली दिइने गरिन्छ । हुनत राजदेवीमा बली प्रदानका लागि आउनेहरुको संख्या दिन प्रति दिन बढ्दै गई रहेको देखिन्छ । यसबाट के पुष्टी हुन्छ भने जनकपुरधाममा वैष्णव धर्मका साथै शाक्त धर्म पनि त्यतिकै प्रबल छ ।

जनक मन्दिर: राजा जनककै नामले प्रख्यात नगरी जनकपुरधाममा रहेको जनक मन्दिर प्राचीनताको नमूना हो । यो मन्दिर धनुष सागरको उत्तर पश्चिम डिलमा अवस्थित छ । मन्दिर भएको ठाउँलाई जनक चोकको नामले चिनिएको छ ।मन्दिरमा प्रमुख रुपले राजा जनक, सुनयना, सीता लगायत अन्य देवी देवताहरुको पूजा अराधना गर्ने गरिन्छ । राजर्षि जनकको मन्दिरको थापना मणिक सेनको समयमा भएको मानिन्छ । यो मन्दिरको निर्माण अमरसिंह थापाले १८३९ सालमा गर्न लगाएका थिए ।

१९९० सालको भूकम्पमा मन्दिर क्षतिग्रस्त भएपछि १९९४ सालमा रामशम्शेरले फेरी मन्दिर बनाउन लगाएका थिए । पछि मन्दिरको सौन्दर्यीकरण फेरी गरिएको छ भने मन्दिर परिसरमा टायल्स ओछ्याएर आकर्षक बनाइएको छ ।मन्दिरको गर्भ गृहमा रहेका मूर्तिहरु क्रमशः सतानन्द (कालो ढुंगा), राजर्षि (ढुंगा), सुनयना (संगमर्मर), गोपाल (ढुंगा) राखिएका छन् । मन्दिरमा रहेको राजर्षि शिरध्वज जनकको मूर्ति शिर तथा हाथ खुट्टा नभएको खण्डित मूर्ति रहेको छ । भगवान राम जनकले दिएको दाइजोबाट सन्तुष्ट नभएपछि आप्mनो शिर नै काटेर दिएको किम्बदन्तीसंग समेत यस मूर्तिलाई जोड्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *