आंचल शर्मा भन्छिन्, ‘रियल हिरो पल शाह नै हो, उँहालाइ महानायक राजेश हमालसंग तुलना गर्न मिल्दैन’ (भिडियो

Rochak

काठमाडौं । नायीका आँचल शर्माको वास्तविक दवाडी हो । तर पनि उनी शर्मा थरवाट चर्चित छन् । उनले एक वर्ष अघि डा उदिप श्रेष्ठसंग विवाह गरेकी छन् । उनको विवाहको समयमा निकै चर्चा भयो । उनले लगाएको लुगा र गहनाको चर्चा भयो भने हेलिकप्टर लिएर रिसेप्सनमा आएको कुराले पनि निकै चर्चा पायो ।

आँचल शर्मा र उनका साथी पल शाहको बारेमा आँचलको विवाह अघि उनीहरुको सम्बन्धलाई लिएर चर्चा गरिन्थ्यो । पल र आँचलको प्रेम रहेको र आँचलले पललाई धोका दिएर उदिपसंग विवाह गरेको सम्मका चर्चा सामाजिक सञ्जालमा भए । तर अहिले ति चर्चा विस्तारै सेलाउँदै गएको छ । एउटै फिल्मवाट काम सुरु गरेका उनीहरुले एक सय भन्दा बढी म्युजिक भिडियो छन् ।

अहिले आँचल फेरी चर्चामा छन् । उनी १० दिनको विपश्यता ध्यानमा गएर फर्केर आएपछि सामाजिक काममा निकै सक्रिय छन् । उनको ब्यवहार र बोल्ने, सोँच्ने शैली पनि परिवर्तन भएको छ । उनले निकै भावुक र दार्शनिक कुरा गर्न थालेकी छन् ।

आफुहरुको सम्बन्ध फरक भएका कारण दुई जनाको फरक फरक ब्यक्तिसंग विवाह भए पनि आँप नाम र जोडी भने संधै रहने उनले बताएकी छन् । धेरै फिल्ममा पलसंग खेलेका कारण दर्शकले मन पराएर बनाइदिनु भएको आँप जोडी संधै रहन्छ, उनले भनिन् यो नामले इतिहास बनाउन सक्छ । तर प्रष्ट हुनुस् हाम्रो प्रेम भने होइन । पलसंगै नाई नभन्नु ल ४ वाट फिल्म खेल्न सुरु गरेकी आँचलले डा उदिप श्रेष्ठसंग विवाह गरेकी छन् ।

यसै क्रममा नायिका आँचल शर्मा र उनका टिमले बिहिबार सिन्धुपाल्चोक पुगेर सहयोग वितरण गरेको छ । नायिका आँचलको साथमा निर्देशक मिलन चाम्स, बसन्त निरौला, कलाकार रितेश चाम्स, ओएसआर डिजिटलका प्रमुख ओम अग्रवाल लगायतको टिमले सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीबाट विस्थापित भएका परिवारलाई खाद्यन्न वितरण गरेको हो ।

सिन्धुपाल्चोक पुगेर फर्किएपछि नायिका आँचल शर्माले त्यहाँको परिस्थिती कहालीलाग्दो रहेको उल्लेख गरेकी छिन् । उनले, सबैको सपना मेलम्चीले बगाएर लगेको भन्दै सबै नेपालीहरु एकजुट भएर सिन्धुपाल्चोकबासीका बगेका सपनालाई पूल बनेर पुरानै लयमा फर्काउनुपर्ने बताएकी छिन् ।

उनले, यो अवस्थामा जसले जसरी सकिन्छ, त्यसरी नै सहयोग गर्नुपर्ने बताएकी छिन् । मेलम्चीमा बाढीले वितण्डा मच्चाएर सयौ मानिसहरुलाई विस्थापित गरेपछि कलाकारहरुले पनि सहयोग वितरणलाई तिव्रता दिएका छन् ।

नायिका आँचल शर्माले चलचित्र ‘नाई नभन्नु ल ४’बाट चलचित्र क्षेत्रको यात्रा तय गरेकी हुन् । यो चलचित्रमा नायिका वर्षा राउत पनि मुख्य नायिकाको रुपमा थिइन् । चलचित्र हिट भएपनि यसको सम्पूर्ण जस आँचललाई गएन । यसपछि, आँचलले सोलो नायिकाको रुपमा ‘ब्ल्याक, जोनी जेन्टलम्यान’ लगायतका चलचित्रमा काम गरिन् । यी दुबै चलचित्र बक्स अफिसमा सुपर फ्लप भए ।

आँचलले समुहमा काम गरेको चलचित्र ‘शत्रु गते, दाल भात तरकारी’ बक्स अफिसमा हिट भएपनि यसको जस उनलाई गएन । आँचलले सोलो नायिकाको रुपमा काम गरेको चलचित्र बक्स अफिसमा सुपर फ्लप हुँदा उनले समुहमा काम गरेको चलचित्र भने हिट भएको छ । यसैले, पनि आँचलले हिट चलचित्रको जस आफूले लिन पाएकी छैनन् ।

नायिका आँचल शर्मा आफ्नो बोलीका कारण बारम्बार चर्चामा आउँछिन् । आँचलले अन्तरवार्ता दिने क्रममा बोलेको कैयो बिषयहरु सामाजिक संजालमा अहिले पनि भाइरल छन् । तर, बिहेपश्चात भने उनी बारम्बार ट्रोलको शिकार भैरहेकी छिन् । बिहेको पार्टीमा लगाएको १६ लाखको लेहेंगा होस् या हालै मात्र पब्जी र टिकटकको बिषयमा बोलेको कुराले नै किन नहोस्, आँचल ट्रोलको शिकार भइन् ।

हुनत, आँचललाई यस्ता ट्रोलमा आउने प्रतिक्रियाले हैरान बनाउँछन् । तर, यसलाई वेवास्ता गर्दै अगाडि बढ्नु अहिलेको समयमा सेलिब्रिटीका लागि सहज भने छैन । अर्कोतिर, आँचल शर्माको बिषयमा विभिन्न खालका चर्चा गर्न चलचित्र क्षेत्र भित्रकै चलचित्रकर्मी पनि पछाडि छैनन् । यो कुरा आँचललाई पनि राम्रोसँग थाहा छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *