मोरङकी शोभालाई अचानक के भयो यस्तो? अस्पतालमै हा खुट्टा बाँ धे र राख्नुपरेपछि

समाचार

मोरङकी २५ बर्षिया शोभा दर्जी एक महिना अघिसम्म अरु जस्तै राम्रै थिइन् । तर अचानक उनको मानसिक सन्तुलन हरायो । यस्तो हुनुको कारण भने गाउँलेहरु हुन् । उनीमाथि चोरीको आरोप लगाएर गाउँलेहरुले कु टे का थिए । बेहोस भएकी शोभा होसमा त फर्किइन् तर आफ्नो मानसिक सन्तुलन भने ठीक रहेन । शोभाकी आमा देवी दर्जीले प्रहरी कहाँ उजुरी लिएर जाँदा घटना पुरानो भएको भन्दै उजुरी समेत नलिएको बताइन् ।

शोभाले भनिन्, ‘छोरीको अवस्था जटिल बन्दै गएपछि कानेपोखरी प्रहरी चौकीमा उजुरी दिनका लागि पुगेँ तर घटना पुरानो भएको भन्दै उजुरी लिन मानेनन् । अहिलेसम्म पनि प्रहरीमा उजुरी दर्ता भने भएको छैन ।’

२५ वर्षीया शोभालाई वैशाख ३० गते चिसाङ बस्तीकै विन्दा, बबिता, पुष्पा र निरमाया मगरले कु ट पि ट गरेका थिए । उनीहरूको कु टा ई बाट शोभाको पूर्णरूपमा मानसिक सन्तुलन हराएको छ । शोभाको पेटमा २ महिनाको गर्भ पनि रहेको छ । उनीहरू ४ जनाले कु ट्दा कु ट्दै शोभा ढ ले की थिइन् ।

१ घण्टा जति बेहोस भएपछि पानी छ्यापेर होस आएको कानेपोखरी जनअधिकार मञ्चकी अध्यक्ष दुर्गा नेपालीले बताइन् । उनले पानी छ्यापेर होस आउँदा शोभाको मानसिक सन्तुलन गु मि सकेको बताइन् । त्यहाँ उपचार सम्भव नभएपछि गाउँलेको सल्लाहमा छोरीलाई बाँ धे र राखिन् । उनी भन्छिन्, ‘केही दिनमा ठीक हुन्छ होला भनेको त झन् जटिल बन्दै गयो ।’

लामो समय उपचार गर्दै जाँदा बिरामीको अवस्था थप गम्भीर बन्दै गएपछि हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । शोभालाई १२ दिनदेखि बीपी प्रतिष्ठानको मानसिक रोग विभागको युनिट–३ मा हात खुट्टा बाँ धे र उपचार भइरहेको छ । तर, उनको अवस्था कस्तो छ भन्ने कुरा अहिलेसम्म पत्ता लागेको छैन । सञ्चार पाटीबाट साभा

Leave a Reply

Your email address will not be published. Required fields are marked *