थाइराइड हुँदा के खाने के नखाने ? लक्षण के के छन् उपचार कहाँ हुन्छ ?

भिडियो

पछिल्लो समय थाइराइड रोगका बिरामी संसारभरि नै बढिरहेका छन् । खासमा थाइराइड हर्मोन शरीरलाई एकदम आवश्यक पर्छ । टाउकोदेखि खुट्टासम्म शरीरका हरेक अंगलाई यो हर्मोन चाहिन्छ । यसले शरीरको मेटाबोलिज्म (खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया) लाई नियन्त्रण गर्छ ।

थाइराइड ग्रन्थि हाम्रो घाँटीको तलपट्टि हुन्छ, जसले हर्मोन उत्पादन गर्छ । थाइराइड रोग लाग्यो भने हर्मोन बढी वा कम उत्पादन हुने समस्या हुन्छ । हर्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र कम हुनुलाई हाइपो थाइराइडिज्म भनिन्छ

थाइराइड रोग चार किसिमका हुन्छन्, थाइराइड ग्रन्थिमै मासु वा डल्लो पलाउने, थाइराइड नोडुल वा क्यान्सर, हाइपर थाइराडिज्म र हाइपो थाइराडिज्म ।

आज हामी तपाइहरुलाई हाइपर थाइराडिज्म र हाइपो थाइराइडिज्म बारेमा जानकारी लिएर आएका छौँ ।

थाइराइड हर्मोन कमी भएको (हाइपो थाइराइडिज्म) का लक्षणहरु

अनावश्यक रूपमा तौल बढ्दै जानु

हातखुट्टाहरू सुनिँदै जानु

अनुहारहरू सुन्निनु

चाहिनेभन्दा बढी मात्रामा कपाल धेरै झर्नु

अल्छीपना धेरै लाग्नु

सानो सानो काम गर्दा पनि थकाई लाग्नु ।

छालाहरू फुस्रो हुँदै जानु ।

घाँटीमा केही अड्केको जस्तो महसुस हुनु ।

विशेष गरी महिलाहरूमा महिनावारिको गडबडी गराउने, बढी ब्लिडिङ्ग हुने, महिनावारी समयमा नभएर ढिलो हुँदै जाने, गर्भ बस्न समस्या हुने । यदि गर्भ बसिहालेका खण्डमा पनि गर्भपतन हुने थाइराइड हर्मोनको कमी भएको खण्डमा समस्या हुने देखिन्छ ।

त्यस्तै शरीरमा चाहिने भन्दा बढी हर्मोन उत्पादन भयो भने त्यसलाई हाइपर थाइराइडिज्म भनिन्छ । यसका लक्षणहरू

चाहिने भन्दा बढी दुब्लाउँदै जान्छ ।

भोक धेरै लाग्ने खाना पनि रुच्ने तर पनि मानिस दुब्लाउँदै जाने ।

शरीर तातो हुने पसिना धेरै आउने

हातहरू शरीर काँप्ने

मुटु ढुकढुक हुने मन आत्तिने समस्याहरू देखिन्छ ।

यसको समयमा उपचार गरिएन भने आँखा ठुलो भएर बाहिर निस्कने समस्या देखिन्छ । जसले पछि आँखा नदेख्ने समस्या र पछि मुटुमा समस्या देखाउन सकिन्छ ।

हड्डीहरू कमजोर बनाउन सक्छ ।

थाइराइड रोगका केही भ्रमहरू

थाइराइड रोग लागेका धेरै बिरामीहरूले के खाने के नखाने भन्ने भ्रमहरू रहेको पाइएको छ । थाइराइड रोग लागेको खण्डमा यो खान हुने वा यो खान नहुने भन्ने कुरा अहिलेसम्म पुष्टि भएको छैन ।

हामीले काउली बन्दा गेडागुडी खान हुन्न भन्ने सुन्ने गरिन्छ । तर खान नहुने भनेर कतै पनि उल्लेख गरिएको छैन । डाक्टर दिपेन्द्र कार्की भन्छन् यदि कुनै पनि खानेकुरा खाँदा उक्त खानेकुराले आफ्नो शरीरले पचाउँदैन भने त्यस्तो खानेकुरा नखानुहोस् । कुनै खानेकुराले शरीरलाई सन्चो गर्दैन भने नखानुहोस् तर त्यो थाइराइड रोगको कारणले हैन कि शरीरलाई उक्त खानेकुरा नपचेको हो ।

उपचार कसरी हुन्छ र कहाँ हुन्छ । जानकारीको लागि तलको भिडियो हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *