भोलि बाट यी ठाउँमा अब बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म बजार खुल्ने पूरा पढ्नुहोस्

समाचार

नयाँ वर्ष सुरू भएसँगै कोरोनाको ‘हटस्पट’ बनेको बाँकेको जनजीवन बिस्तारै सहज बन्दै जान थालेको छ।कोरोना भाइरसका संक्रमित हुने बिरामीको दर र मानिसहरूको मृत्युदर घटेसँगै बाँकेमा जनजीवन सहज बन्दै जान थालेको हो।सोमबार स्थानीय प्रशासनले वैशाख ९ गतेदेखि जारी निषेधाज्ञा थपेर असार ७ गतेसम्म जारी राखे पनि आज पहिलेको भन्दा तुलनात्मक रूपमा निकै खुकुलो पारिएको छ।प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमबार दैनिक उपभोग्य वस्तुलगायत पसल व्यवसाय बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्न दिने निर्णय सार्वजनिक गरेका छन्।अबदेखि बाँकेमा रेष्टुरेन्टहरूले पनि प्याक गरी खाना–खाजा घरमा लैजाने वा होमडेलिभरी गर्न सक्ने सुविधा पाएका छन्।

विवाह, ब्रतबन्ध, मृत्यु संस्कार जस्ता कार्यमा १५ जनासम्म सहभागी हुन पाउने व्यवस्था गरिएको छ। कृषि, अत्यावश्यक व्यापार व्यवसायका सवारी साधन, पास भएका सवारी साधन, मालबाहक र ढुवानीका सवारी साधन सञ्चालन गर्न दिइने भएको छ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

यसैगरी भेरी अस्पताल नेपालगञ्जले असार १ गतेदेखि (बहिरंग)ओपिडी सेवा सुरू गर्न लागेको छ। झन्डै एक हप्ता अगाडिदेखि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरले पनि ओपिडी सेवा सुरू गरिसकेको छ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***ती अस्पतालले कोरोनाभाइरस महामारी दोस्रो लहर सुरू भएपछि ओपिडी सेवा बन्द गरेका थिए। तर, हाल आएर कोभिडका बिरामी घटेसँगै फेरि अस्पतालले बन्द बहिरंग सेवा सुरू गर्न थालेका हुन्।बाँकेसँगै दाङस्थित राप्ती प्रादेशिक अस्पतालले पनि असार १ गतेदेखि ओपिडी सेवा सुरू गर्ने भएको छ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

कोभिड अस्पताल भर्ना भएको बिरामीमध्ये बाँके जिल्लाका भर्ना भएका बिरामी २३ प्रतिशत र बाहिरी जिल्लाका बिरामी ७७ प्रतिशत रहेका छन्।सोमबार साँझसम्म भेरी अस्पतालका कुल बेड संख्या २०० मध्य खाली बेड संख्या ११२ रहेको छ। भेरीमा ७३ जना बिरामी भर्ना रहेको र त्यसमध्ये २१ जनाको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जनाएको छ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा कोभिडको लागि छुट्याइएको बिरामी बेड संख्या १३० बेड हो। त्यसमध्ये ११३ बेड खाली रहेका छन्।त्यहाँ १७ जना बिरामीमध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ।बाँकेकै वेष्टर्न अस्पतालमा सर्जिकल बेड संख्या १६ रहेकोमा त्यहाँ एक जना मात्रै कोभिडका बिरामी भर्ना भएका छन्।त्यस्तै, युनाइटेड अस्पतालमा कोभिडका लागि छुट्याइएका १५ सबै खाली छन्। ***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***सोमबार साँझसम्म भेरीमा २१, कोहलपुरमा १५ र वेष्टर्न हस्पिटलमा १ जना गरी ३७ जना बिरामीको अवस्था गम्भीर र मध्यम बिरामी संख्या ५४ रहेको जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *