सिंहदरबारभित्रै घट्यो यस्तो घटना,१ जनाको मृत्यु, को हुन् उनि?यसो भन्छ प्रहरी

समाचार

काठमाडौँ । सिंहदरबारभित्र निर्माण भइरहेको संसद भवनबाट खसेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार निर्माणाधिन भवनबाट खसेर रसुवा नौकुण्ड गाउँपालिका–४ घर भई हाल सोही भवनमा बस्दै आएका १८ वर्षीयको युवक भीमा दोर्जेको मृत्यु भएको हो ।महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार शुक्रबार राति ११ बजे भवनको तेस्रो तलाबाट उनी खसेका थिए । उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो । उपचारकै क्रममा राति साढे ११ बजे उनको मृत्यु भएको हो ।

त्यस्तै सवारी साधन चल्न दिइने र सम्पूर्ण व्यवसाय खोल्न दिइने कुरामा भर्खरै आयो नसोचेको खुसीको खबर।काठमाडौं । देशभर जारी निषेधाज्ञाको स्वरुपमा परिवर्तन गरिने भएको छ । को-भि’ड–१९ सं’कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बुधबारको बैठकले यस्तो निर्णण गरेको हो ।सीसीएमसीका कार्यकारी निर्देशक बा’लानन्द शर्माले एक सातामा दुई दिन बिदा हुने गरी निजी र सार्वजनिक सवारी–साधनमा जोर–बिजोर लागु गरिने जानकारी दिए । उनले सरकारी कार्यालय र अन्य सीमित क्षेत्र खुलाउने निर्णय गरिएको बताए ।

‘असार ७ गतेसम्मको को’रोना संक्रमणको अवस्था अध्ययन गरिनेछ ।त्यसपछि मात्रै कुन–कुन क्षेत्रमा के–के गर्न दिइने भन्नेबारे थप निर्णय गरिनेछ,” शर्माले भने ।गएको वैशाख १३ गते बाँकेबाट सुरु निषेधाज्ञा अहिले ७५ जिल्लामा जारी छ । काठमाडौं उपत्यकामा पछिल्लोपटक असार ७ सम्म निषेधाज्ञा थप गरिएको छ ।कार्यकारी निर्देशक शर्माका अनुसार असार ७ पछि पनि निषेधाज्ञालाई नै निरन्तरता दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *