भरतपुरका युवा समिपले पत्ता लगाए फेसबुकको कमजोरी, ३१२५ अमेरिकी डलर पुरस्कार

Rochak

भरतपुर । गुरूकुल कलेज भरतपुरमा कक्षा १२ मा पढ्दै गरेका समिप अर्यालले ३ हजार १२५ अमेरिकी डलर पुरस्कार पाएका छन् । यसअघि पटकपटक सम्मानित भएको तर यसपटक चर्चामा आउँदा भने बढी नै खुसी लागेको समिप बताउँछन् ।

सामाजिक सञ्जाल फेसबुकको सु’रक्षा कमजोरी पत्ता लगाएको भन्दै उनलाई सो रकम पुरस्कार हात परेको हो । १८ वर्षीय समिप फेसबुकको म्यासेञ्जर च्याट रूमको कमजोरी फेला पारेका हुन् । समिप फेसबुकको हलअफ फेममा २४ औँ नम्बरमा सूचीकृत भएका छन् ।

फेसबुकले उनलाई तीन हजार १२५ अमेरिकी डलर (३ लाख ६५ हजार ६६५ रूपैयाँ) बाउन्टी रिवार्ड (सुरक्षा कमजोरी पत्ता लगाएबापत दिइने पुरस्कार) सँगै हलअफ फेम (कम्पनीको साइबर सुरक्षालाई सुदृढ पार्न स’घाउने अनुसन्धानकर्तालाई दिइने पहिचान तथा सम्मान) प्रदान गरेको हो ।

‘कुनै पनि व्यक्तिले म्यासेन्जर रूम कलमार्फत तपाईंको ग्यालरीमा भएका फोटो/भिडियोहरुमा सजिलै पहुँच पाउन सक्ने अवस्था थियो, त्यो कमजोरी मैले पत्ता लगाएँ’, समिपले भने ।समिपले बगको रिपोर्ट गरेपछि फेसबुकले अहिले उक्त बग फिक्स (स’माधान) गरिसकेको छ ।

अब भने तपाईंले अनुमतिदिएको अवस्थामा मात्रै तपाईंको मोबाइलमा रहेका फोटो तथा भिडियो कल गर्ने अर्को व्यक्तिले हेर्न सक्छ ।यसअघि पनि उनले वाच टुगेदर विशेषतामा प्राविधिक त्रु’टि पत्ता लगाएका बताएको समिपले त्यतिखेर ५०० अमेरिकी डलर रिवार्ड पाएका थिए ।

वाच टुगेदरमा रहेको बग फेला पार्दा उनी १४६औँ स्थानमा थिए । पुरस्कार पाएपछि थप खोज अनुसन्धानका लागि हौसिए उनले भने, ‘अहिले पनि म विभिन्न कमजोरीहरु पत्ता लगाउने उद्देश्यले काम गरिरहेको छु ।’ समिपले म्यासेञ्जर च्याट रूम चेक गर्न दुईवटा फेसबुक अकाउन्ट खोलेका थिए ।

त्यसमध्ये एउटा ल्यापटपमा र अर्को मोबाइलमा लगइन गरे । र, गल्ती पत्ता लगाए । त्यसपछि उनले त्यो पूरै प्रक्रियाको भिडियो रेकर्ड गरे । फेसबुकले सोही बग स्वी’कार गर्दै समिपलाई तीन हजार १२५ अमेरिकी डलर बा’उन्टी रिवार्ड दिएको हो ।

प्रविधिमा अब्बल देखिन थालेका उनी कक्षा १२ पछि भने के पढ्ने अझै निचोडमा पुगेका छैनन् । गुरूकुल कलेजका प्राचार्य टीकाराम चापागाईले समिपको लगन र मेहेनतबाट सफलता हात परेको बताए । कलेजले उनलाई शनिबार सम्मानसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *