खुशिको खबर सुधार हुँदै मोडल निशा घिमिरेको स्वास्थ्य

समाचार


काठमाडौं, असार ५ : निशाको शरीरमा अस्थिपञ्जर मात्रै बाँकी रहेका बेला नवजिवन परोपकार संथाका संचालको दुर्गा नाथ धितालको पहलमा उनको नर्भिक अस्पतालमा निशुल्क उपचार हुदैँ छ । आर्थिक अवस्थाकै कारण उपचार गर्न गाह्रो अवस्थामा रहेकी निशा उपचारका लागि अस्पताल भर्ना भएको दुई चार दिनमा नै अनुहारमा चमक र हड्डी मात्र भएको शरीरमा मासु भरीन थालेको छ भने सकि नसकि बोले प्रयास गरिरहेकी छिन् ।

सुरुमा निशा लाई अस्पतालको ७११ नबर कोठामा राखेर प्रारम्भीक उपचार सुरु गरीएको थियो । उनको स्वास्थ्य अस्था दिन प्रतीदिन सुधारीदैं गएको अस्पताल स्रोतले जानकारी दिएको छ । उनलाई यती खेर डाक्टर पङकज जलानको टिमले उपचार गरिरहेको छ । निशालाई थप उपचारको लागी यती खेर ७११ नबर कोठा बाट सिसियु कक्षमा सारीएको छ । अस्पतालमा भई रहेकी निशाको तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक हुन थालेपछि धेरैले सहयोग गरीरहेका छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *