रबी लामीछानेको टीम,स्थलगत रिपोर्टिङ सहित राहत तथा उद्धारको लागि सिन्धुपाल्चोकमा (भिडियो हेर्नुहोस्)

भिडियो

अहिले पछिल्लो समयमा सिन्धुपाल्चोकमा पानीको सतह बढेको भन्दै मानिसहरू लाई सुरक्षित स्थानमा सारिएको छ।थुप्रै धनजनको क्षति भएको छ। मान्छेको जिन्दगीभरको कमाइले लाखौं करोडौंको धनसम्पत्ती क्षणभरमै बाढीले बगाएको छ।त्यो भन्दा पनि धेरै दुखदायी कुरा मानवीय क्षति भएको छ।उद्धार कार्य जारी छ।भोकप्यास समेत सुरक्षाकर्मी,सेना जनताको जिउ धनको रक्षा गर्न खटिरहेका छन्।

राजनीतिक दलका नेता,जनप्रतिनिधि,पत्रकार,बुद्धि जीवी सबैले आ-आफ्नो ठाउँबाट उद्धार कार्य देखि अति आवश्यक सामाग्रीहरूको सप्लाइको लागि खटिरहनु भएको छ।लगातार परेको वर्षा र मेलम्चीको पानीको बहाब बढेर होला इन्द्रावतीको भेल निकै ठूलो हामी देख्न सक्छौं। यतिबेला इन्द्रावती रिसाएको महसुस हामीले गरिरहेका छौँ।

त्यसैगरी यतिबेला रबी लामीछानेको टीम Galaxy 4K को टीम पनि यहाँको स्थलगत रिपोर्टिङ,उद्धार तथा सहयोगका लागि खटिरहेको छ।बाढी आउँदा कसैले पनि आफ्नो घर भित्रको सामान ओसार्न नपाएको र आफ्नो ज्यान जोगाउन भागदौड भएको यहाँका मानिसहरू बताइरहेका छन्।हामी तपाइँलाई यहाँको पछिल्लो अवस्थाको बारेमा अपडेट गराइरहेका छौँ।

हिजोमात्रै स्वास्थ्य मन्त्री यहाँको अवस्था बुझ्न र जनताको घा’उमा मलमपट्टी लगाउन आइपुग्नुभएको थियो।उद्धार एवम् सहयोग जारी छ र उहाँको आगमनले निकै सान्त्वना मिलेको थियो यहाँका स्थानीयहरूलाई।अबिरल बर्षाका कारण देशका विभिन्न स्थानहरूमा बाढीपहिरो गएपछि प्रभावित स्थानहरूमा नेपाली सेनाको स्रोत साधन एवम् जनशक्ति परिचालन गरि खोज उद्धार एवम् राहत कार्य सुरु भैसकेको छ।

सेनाको टोलीले मेलम्चीको बाढीमा फसेकाहरूलाई हेलि कप्टरद्वारा उद्धार गरि सुरक्षित स्थानमा पुर्‍याइएको दृश्य हामीले हिजो देखेका थियौं।उक्त क्षेत्रमा फसेका अन्य स्था नीयहरूको उद्धार कार्यमा यतिबेला सबैजना खटिरहेका छन्।कृपया यसै बिसयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया क्मेन्ट गर्नुहोला,धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *