मध्य रातमा प्रेमिका आलिया भट्टको घरमा यस्तो अबस्थामा फेला परे रणबीर कपुर, तस्विर भाइरल

Rochak

बलिउडकी क्युट नायिका आलिया भट्टले आफ्नो ९३ बर्षका हजुरबुवा अर्थात नानाको जन्म दिन सेलिब्रेसन गरेकी छिन् । जन्म दिनको यो सेलिब्रेसनमा उनको पुरै परिवार सहभागि थियो ।

खास कुरा यो थियो कि यो जन्म दिन मनाईरहदा आलियाको ब्वाईफ्रेण्ड तथा अभिनेता रणबीर कपुर समेत परिवारका साथ संगै रहेका थिए । आलियाले जन्म दिनको फोटोहरु शेयर गरेकी छिन् । फोटोमा उनको हजुरबुवा संग पोज पोजमा फोटो खिचाएकी छिन् ।

आलिया संग उनको आमा सोनी राजदान तथा बहिनी शाहीन पनि छिन् । रिद्धिमा कपुरले सबै फोटो शेयर गरेकी छिन् । जुन फोटोमा रणबीर कपुर, नीतु कपुर पनि संगै रहेका छन् । सबै एकै साथमा रहेर खुशी देखिएका छन् । यो फोटोमा कपुर परिवार बीचको बोन्डिङ देखिएको छ । रिद्धिमाको छोरी समेत यो जन्म दिनको पार्टीमा देखिएकी छिन् ।

आमा नीतु कपुरसंग रिद्धिमाको स्पेशल सम्बन्ध रहेको छ । ऋषी कपुरको निधन भएसंगै रिद्धिमा आफ्नी आमा संग धेरै समय बिताउने गरेकी छिन् । नीतू तथा रिद्धिमा आलियालाई धेरै मन पराउँछन् । आलियालाई उनीहरुको पारिवारिक जमघटमा धेरै जसो देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *