दुखत खबर: भारतीय सेनाले गोर्खाली भर्तीमा नेपालीलाई रोक लगायो

प्रमुख समाचार

पुलिस भर्ती गर्ने सूचना निकालेको थियो जसमा नेपाली र भारतीय गोर्खालीले आवेदन दिन सक्ने भनिएको थियो ।

तर, इन्टरनेशनल बिजनेस टाइम्सका अनुसार भारतीय सेनाले त्यसपछि एक संशोधन जारी गरेको छ जसमा भारतीय गोर्खालीहरु मात्रै भर्ती हुन पाउने उल्लेख गरिएको छ ।

भारतीय सेनाले भारतीय गोर्खालीलाई मात्रै प्राथमिकता दिने गरी संशोधन जारी गर्नु आश्चर्यको विषय भने होइन । गत वर्ष मात्रै भारतीय सेनाले उत्तराखण्डका गैर गोर्खा समुदायका युवालाई गोर्खा रेजिमेन्टमा भर्ती गर्न अनुमति दिएको थियो । त्यतिबेलासम्म गोर्खा रेजिमेन्टमा नेपाली गोर्खालीहरु र भारतीय गोर्खाली समुदायका युवाहरु मात्रै भर्ती गरिन्थ्यो ।हरेक गोर्खा रेजिमेन्टमा नेपाली र भारतीय गोर्खालीको अनुपात ६०–४० हुन्थ्यो ।

यद्यपि केही वर्षअघि सबै भारतीय गोर्खाली मात्रै भएको एउटा गोर्खा रेजिमेन्ट पनि स्थापना गरिएको थियो ।भारत स्वतन्त्र भएयता भारतका हरेक युद्धमा गोर्खालीहरु सहभागी भएका छन् । भारतीयहरु गोर्खालीहरुको बहादुरीबाट निकै प्रभावित रहने गरेका छन् ।

यो पनी
१५ वर्षदेखि फलामको सिक्रीले बाँधेर राखिएका हृदयनारायणको उद्धार
वीरगन्ज : मानसिक सन्तुल बिग्रिएपछि करिब १५ वर्षदेखि घरभित्रै फलामको सिक्रीले बाँधेर राखिएका एक पुरुषको उद्धार भएको छ। वीरगन्ज महानगरपालिका १७ अलौंका ५० वर्षीय हृदयनारायण साहलाई महानगरका नगर प्रमुख विजय कुमार सरावगीको पहलमा मानव सेवा आश्रमले बुधबार उद्धार गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *