बाढीपहिरो सरकारकै कारण आएजस्तै नगरौँ : प्रधानमन्त्री ओली

समाचार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधीहरुले सरकारको राम्रो कामको पनि विरोध गर्ने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा उनले सरकारले जनताका लागि निकै राम्रा काम गरेपनि बिरोधीहरुले त्यसलाई देख्न नसकेको तर्क गरेका हुन् । उनले अहिले आएको बाढी पनि सरकारकै कारण आएजस्तै प्रचार गरिएको धारणा राखे

यो पनी
सिन्धुपाल्चोकमा बाढीको वितण्डा
सिन्धुपाल्चोक : अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदी एकसाथ उर्लिएर आएको बाढीले इन्द्रावती करिडोरमा मानवीय क्षतिसहित अर्बौं रुपैयाँबराबरको क्षति गरेको छ। बाढीले एक सयभन्दा बढी घरटहरासमेत बगाएको छ।

बाढीमा एक महिलाको शव फेला परेको छ भने सात बेपत्ता रहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाका अनुसार हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, वडा–३ का ६५ वर्षीया टीकामाया खड्का, ७ का ४५ वर्षीय ज्ञानेन्द्र कक्षपति, ६ का ३५ वर्षीया चेङा तामाङ र उनकी श्रीमती (नाम नखुलेको), चौतारा सागाचोकगढी नगरपालिकाका २३ वर्षीय समुद्र नेपाल बेपत्ता छन्। ‘अहिले हामी खोज र उद्धारमा छौं, बाढीले कति घर बगाए, के कति पशु चौपायामा क्षति गर्‍यो भन्नेबारे यकिन आएको छैन,’ उनले भने, ‘पहिलो प्राथमिकता मानवीय क्षति कम गराउनु भएकाले बेपत्ताको खोजीमा हामी जुटेका छौं ।’

बुुधबार हेलम्बु र इन्द्रावती नदीको उद्गमस्थल पाँचपोखरीबाट उर्लिएर नदी किनार करिडोरमा बितण्डा मच्चाउँदै भयानक बाढी आएको थियो। बाढीले सयौं घरटहरा, कृषि फार्म, सवारीसाधन, सडकलगायत संरचना बगाएको डीएसपी सापकोटाले बताए। बाढीले हेलम्बुको नाकोते पुल, मेलम्ची खानेपानीको आयोजनाको हेडबक्स स्थलमा समेत क्षति पुर्‍याएको छ। त्यहाँको तिम्बु बजार र चनौटे बजारमा बाढी पस्दा स्थानीयवासी विस्थापित भएको सापकोटाले जानकारी दिए।

YOU MAY LIKE
Mgid
Mgid

Leave a Reply

Your email address will not be published. Required fields are marked *