देशका १३ जिल्लामा बाढी/पहिरो

समाचार

काठमाडौं । अविरल वर्षाका कारण मंगलबार रातिदेखि बुधाबारसम्म देशभरका १३ जिल्लामा बाढी र पहिरोबाट ५ जनाको मृ’त्यु र १९ जना बे’पत्ता भएका छन् ।गृह मन्त्रालयमा बुधबार साढे ६ बजेसम्म प्राप्त विवरणअनुसार मंगलबार रातिदेखि बुधबार बेलुकीसम्म देशभ ५ जनाको मृ’त्यु र १९ जना बे’पत्ता भएका हुन् ।मन्त्रालयका अनुसार सिन्धुपाल्चोकमा दुई, पाल्पा, बाजुरा र डोटीमा एक एक जनाको मृ’त्यु भएको छ । बाढी पहिरो जाने जिल्लाहरुमा अर्घाखाँची, दाङ, प्युठान, स्याङजा, पाल्पा, डोटी, बाजुरा, जुम्ला, मनाङ, लमजुङ, गोरखा र सिन्धुपाल्चोक रहेका छन् ।

सन्धिखर्क नगरपालिका वडा नं ५ मा रहेको मथुराको खोलाले बगाएर १ जना बे’पत्ता भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । सन्धिखर्क नगरपालिका वाड नम्वर ५ का चोलानाथ अधिकारीलाई खोलाले बगाएर बेपत्ता भएका हुन ।

अधिकारीको खोजिकार्य जारी राखिएको प्रहरी निरीक्षक सुजन विक्रम शाहले जानकारी दिए । ‘हामिले खोलाले बगायो भन्ने जानकारी पाउन साथ तत्काल उद्धार टोली खटिएको छ । स्थानीयहरु लाग्नु भएको छ । अहिले सम्म पत्ता लागेको छैन । उहाँ सदगद गर्ने कार्यको लागी खोलामा गएको समय बगाएकोब भन्ने जानकारी आएको छ । ’अविरल परेको पानीले खोलाहरू बढेर आवतजावत गर्न कठिन भइरहेको छ । जिल्ला अन्य मानवीय क्षति नभए पनि भौतिक क्षति भने भएको जनाईएको छ । जिल्लाभरको क्षति सकलन गर्ने कार्य भइरहेको छ ।

अवरुद्व सडक सञ्चालनमा

अर्घाखाँचीको सन्धिखर्क गोरुसिंगे सडक खण्ड लगातारको वर्षाका कारण गएरातिदेखि अवरुद्व सडक खुलेको छ । विभिन्न ठाँउमा पहिरो जाँदा गएराति देखि अवरुद्व सडक ६ बजे देखि सुचारु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।सरोकारवाला निकायहरुसँग समन्वय गरि प्रहरीको सक्रियतामा अवरुद्व सडक संचालनमा ल्याएको हो ।
अवरुद्ध सडक सञ्चालनमा आएपछि गएराति बिचबाटोमै रोकिएका एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरु आ आफ्नो गन्तव्यमा हिँडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *