ज्वाला संग्रौलाले थर्काएपछि किन भयो असइ झा को सरुवा? फेरि पठाइए महाराजगञ्ज

समाचार


आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौलाले ‘एनि हाउ सरुवा गरिदिन्छु’ भनेपछि बग्गीखाना सरुवा भएका महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक असई मणिकान्त झा पुनः पुरानै ठाउँमा फर्केका छन् । उनले ड्युटी समयमा लाइसेन्स, सवारी कागजाद र लकडाउनको पास नबोकेका मोटरसाइकललाई होल्डमा राखेका थिए । यसैक्रममा ज्वाला संग्रौलाले झासँग विवाद गरेकी थिइन् ।घटना पुरानो भएपनि हालै एक भिडियो क्लिप भाइरल भएपछि झा बारे सोधीखोजी भएको हो । पछिल्लो समाचार अनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानामा तानिएका झा काज सरुवा फिर्ता भएपछि फेरि महाराजगञ्ज प्रभागमा फर्केका हुन् । बुधबार बेलुका उनी हाजिरसमेत भइसकेका छन् । ज्वाला संग्रौला लगायतका सामाजिक अभियन्ताले असई झालाई ‘एनि हाउ सरुवा गराइदिने’ चेतावनी दिएका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *